+
+
Shares

दार्चुला प्रधानाध्यापक मृत्यु घटना : अभियुक्तहरूलाई धरौटीमा छाड्न आदेश

दार्चुलाको ब्यास गाउँपालिका–४ को सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेवसिंह धामीको मृत्यु प्रकरणमा थुनामा रहेका अभियुक्तहरूलाई धरौटीमा छाड्न आदेश भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २८ गते १६:१४

२८ भदौ, धनगढी । दार्चुलाको ब्यास गाउँपालिका–४ को सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेवसिंह धामीको मृत्यु प्रकरणमा थुनामा रहेका अभियुक्तहरूलाई धरौटीमा छाड्न आदेश भएको छ ।

जिल्ला अदालतबाट पुर्पक्षका लागि कारागार चलान भएका आठ जना अभियुक्तलाई उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासले धरौटीमा छोड्न आदेश दिइएको हो ।

उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका न्यायाधीश मातृकाप्रसाद भण्डारी र गिरिराज गौतमको संयुक्त इजलासले यस्तो दार्चुला जिल्ला अदालतको थुनछेक आदेश बदर गर्दै नयाँ आदेश दिएको हो ।

उच्च अदालतले आत्महत्या दुरुत्साहन मुद्दाका प्रतिवादी परमानन्द भट्ट र दलिदत्त भट्टलाई जनही दुई लाख रुपैयाँ धरौटीमा छाड्न भनेको छ ।

यस्तै, प्रतिवादी खिमानन्द भट्ट, हरिदत्त भट्ट, पुष्करराज भट्ट र पदमराज भट्टलाई जनही एक लाख ५० हजार रुपैयाँ, नरेन्द्रदत्त भट्ट र विक्रमसिंह कुँवरलाई जनही एक–एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको छ ।

उच्च अदालतको आदेश औपचारिक रूपमा जिल्ला कारागार दार्चुलासम्म पुगेको छैन् । शुक्रबार फैसला भएकोले औपचारिक पत्र आउन केही ढिलाइ भएको हुनसक्ने कारागारले जनाएको छ ।

अदालतको पत्र आएपछि थुनामा रहेकाहरुलाई छाड्ने प्रक्रिया अघि बढाइने जिल्ला कारागारका जेलर उमेश सिंह बिष्टले जानकारी दिएका छन् ।

सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेवसिंह धामी गत वैशाखमा विद्यालयमै झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । मृत्युअघि धामीले आफ्नो फेसबुक वालमा अहिले मुद्दा खेपिरहेका आठै जनाको नामै किटान गरि आत्माहत्या गर्न बाध्य पारेको दाबीसहितको स्टाटस लेखेका थिए ।

सोही आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरी आत्माहत्या दुरुत्साहन मुद्दामा अनुसन्धान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?