+
+
Shares

दार्चुलामा पहिरो, ३ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३० गते ८:२४

३० साउन, धनगढी । दार्चुलामा पहिरोमा परेर तीन जना घाइते भएका छन् ।

महाकाली नगरपालिका–४ को रिंगलताल बांगाबगरस्थित ब्रह्म होटल एण्ड लजको माथिबाट पहिरो खस्दा तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा दुहुँ गाउँपालिका–४ बस्ने २० वर्षीय सुरज कुँवर, मालिकार्जुन गाउँपालिका–२ बस्ने ४२ वर्षीया भागरती धामी र सोही ठाउँ बस्ने ४५ वर्षीय भगतसिंह धामी रहेको दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) गौरव महतले जानकारी दिए ।

उनकाअनुसार घाइतेको तत्काल उद्धार गरी उपचारका लागि पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?