Comments Add Comment

४५ मिनेटका लागि केकीको यस्तो मिहिनेत

keki-adhikari-2
नायिका केकी अधिकारी कुनै पनि कार्यक्रममा पुग्दा अचेल पहिरनदेखि मेकअपमा खुबै मिहिनेत गर्छिन् । केकीको यो मिहिनेतले मिडियामा चर्चा पनि पाएको छ ।
शनिबार आयोजना भएको ‘कामना फिल्म अवार्ड’मा पुगेकी केकीको मिहिनेत पनि खुबै झल्कियो । ढाकाको पहिरनमा पुगेकी केकीले कपाल पनि मिहिनेतका साथ बनाएकी थिइन् ।

रमाइलो कुरा त के छ भने, केकी अधिकारी अरु कलाकार, अतिथी पुग्ने भन्दा धेरै चाडो अवार्ड कार्यक्रममा पुगेकी थिइन् । यसैले पनि, केकीको पत्रकारले अन्र्तवार्ता र फोटोपत्रकारले तस्बिर कैद गर्न सहज तरिकाले पाएका थिए । keki-adhikari-1

तर, अवार्ड भएको हलमा भने केकी देखिइनन् । न त, केकीले कुनै अवार्ड नै पाइन्, न त स्टेजमा कुनै अवार्ड वितरण गर्न नै पुगिन् । आखिर, केकी कता हराइन् त ?
वुझिएअनुसार केकी, चलचित्र ‘ऐश्वर्या’को छायांकनबाट ४५ मिनेट व्रेक लिएर अवार्डमा पुगेकी थिइन् । यसैले, उनी हलमा पसिन् र निस्किहालिन् । साच्चै, ४५ मिनेटका लागि केकीले पहिरन, कपाल, मेकअपमा मिहिनेत त गरेकी नै हुन् है ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment