Comments Add Comment

प्रधानमन्त्री प्रचण्डलाई श्रीलंका भ्रमणको निम्तो

२० मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि श्रीलंकाली राजदूत डब्लुएस पेरेलाले शिष्टाचार भेट गरेकी छन् । सोमबार बिहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा उनले प्रधानमन्त्री प्रचण्डलाई भ्रमणको निम्तो समेत दिएकी छन् ।

prachand-and-ambassador-of-shrilankaभेटमा श्रीलंकाली राजदूत पेरेलाले आगामी वर्ष नेपाल र श्रीलंकाबीच दौत्य सम्बन्ध कायम भएको ६० औं वर्षको अवसरमा प्रधानमन्त्रीलाई श्रीलंका भ्रमणका लागि निमन्त्रणा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा प्रधानमन्त्री प्रचण्डले भ्रमणको समय मिलाउन प्रयास गर्ने बताएका थिए ।

प्रधानमन्त्रीले सार्क र दक्षिण एसियाको विकास तथा समृद्धिमा नेपाल श्रीलंकासँग मिलेर काम गर्न ईच्छुक रहेको भन्दै भूकम्पको पुनर्निर्माणमा श्रीलंकाले गरेको सहयोगकालागि धन्यवाद दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment