Comments Add Comment

हतारमा संविधान जारी गर्दाको परिणाम यस्तै हुन्छः मोहन बैद्य

mohan-baidhya

२२ मंसिर, नवलपरासी । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले हतारमा संविधान जारी गरेको परिणाम अहिले देखिएको बताएका छन् ।

बुधबार नवलपरासीको कावासोतीमा क्रान्तिकारी महासंघ नवलपरासीको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले संविधान जनताले बनाउनु पर्ने, संघीयताको विषयमा जनताले निर्णय गर्नु पर्नेमा त्यस्तो नहुँदाको परिणाम अहिले देखिएको धारणा राखे ।

क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यले राष्ट्रियता, जनतन्त्र, जनजीविकाको सवालमा जवसम्म हल निस्कदैन तवसम्म कुनै पनि समस्या समाधान नहुने दावी गरे ।

आगामी निर्वाचनमा क्रान्तिकारी माओवादीले चुनावमा भाग लिने चर्चा चलिरहेको बेला उनले चुनाव जनताको हित र जनताको आवश्यकता पुर्तिका लागि भएमात्र भाग लिने प्रष्ट पारे ।

पश्चिमको यात्रा सकेर फर्किएका बैद्यले संसदीय व्यवस्था नफालेसम्म मुलुकको समस्या जहाँको तहीँ रहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment