Comments Add Comment

गाविस सचिवलाई सदरमुकाम नबस्न मन्त्रालयको चेतावनी

आयोजनाको सार्वजनिक परीक्षण अनिवार्य गर्न निर्देशन

२६ मंसिर, काठमाडौं । स्थानीय विकास मन्त्रालयले अहिले पनि केही संख्यामा गाविस सचिवहरु सदरमुकाममै बसिरहेको भन्दै उनीहरुलाई तत्काल आफ्नो कार्यक्षेत्रमा जान निर्देशन दिएको छ ।

सरकारको निर्देशन विपरित केही गाविस सचिव सदरमुकाममा बसेर काम गरिरहेको पाइएकाले मन्त्रालयले उनीहरुलाई आ-आफ्नो तोकिएको गाविसमा बसेरै काम गर्न भनेको हो ।

यस्तै उनीहरुलाई यथाशिघ्र तोकिएको क्षेत्रमा पठाउन जिल्ला विकास समितिहरुलाई पनि निर्देशन दिइएको छ । मन्त्रालयले गत आर्थिक वर्ष अनुगमन गर्दा पनि गाविस सचिवहरु सदरमुकाममा बसेर काम गरेको पाइएको थियो । यस्ता कमजोरी नगर्न मन्त्रालयले तत्काल सचेत समेत गराएको थियो । मन्त्रालयले केहीदिन अघि निर्देशन जारी गरी सचेत गराएको हो ।

यसैगरी मन्त्रालयले गुनासो व्यवस्थापनका लागि सुशासन इकाई गठन गरी त्यसलाई क्रियाशील बनाउन पनि हरेक जिल्ला विकास समितिका कार्यालयहरुलाई निर्देशन दिएको छ ।

यसैगरी मन्त्रालयले हरेक आयोजनाको जाँचपास गर्नुअघि सार्वजनिक परीक्षण गर्न समेत निर्देशन दिएको छ । यसअघि भएको अनुगमनमा सबै आयोजनाको सार्वजनिक परीक्षण गरेको नभेटिएको र त्यसको कार्यान्वयनमा गम्भिरता नदेखाइएको पनि भेटिएको थियो ।

त्यही अनुगमनका आधारमा आयोजनाहरुको जाँचपास अघि अनिवार्य रुपमा सार्वजनिक परीक्षण गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment