Comments Add Comment

मन्त्री विक्रम पाण्डेले लुकाए अमेरिकाको सम्पत्ति

दीपक बोहोराको बैंक खातामा डेढ करोड बढी नगद

Bikram-Pande, RPP

२९ मंसिर, काठमाडौं । अमेरिकामा समेत घरजग्गा जोडेका भूमिसुधार मन्त्री विक्रम पाण्डेले आफ्नो सम्पत्ति विवरणमा विदेशमा जोडेको सम्पत्ति लुकाएका छन् । यसअघि अनलाइनखबरले उनको अमेरिकामा घर रहेको विवरण प्रकाशित गरेपछि त्यसलाई स्वीकार गर्दै उनले आफ्नो निर्माण व्यवसायको कमाइबाट सो घर किनेको बताएका थिए ।
राप्रपा नेता पाण्डेले मन्त्रिपरिषद सचिवालयमा बुझाएको सम्पत्ति विवरणमा अमेरिकामा रहेको सम्पत्ति देखाइएको छैन । मन्त्री पाण्डेले करीव ४३ करोड रुपैयाँ ऋण रहेको देखाएका छन् । उनले काठमाडौं, चितवन र नवलपरासीका महँगा स्थानमा करोडौं मूल्यका जग्गा रहेको विवरण देखाएका छन् ।

काठमाडौंमा पाण्डेका नाममा ११ रोपनी भन्दा बढी जग्गा छ भने चितवन र नवलपरासीमा करीव ३० बिघा जमिन देखिएको छ । पाण्डेले खरिद गरेको मूल्यका आधारमा उक्त जग्गा करीव १० करोड बराबरका छन् ।

मन्त्री पाण्डेका नाममा सवारी साधन देखाइएको छैन । सुन भने एक सय तोला पैतृक सम्पत्तिमा आएको उनले जनाएका छन् ।

त्यस्तै प्राइम, ग्लोबल, एभरेष्ट लगायतका विभिन्न बैंकमा गरी मन्त्री पाण्डेको करीव ७ करोडको शेयर लगानी छ ।

कालिका पावर, कालिका इनर्जी र कालिका कन्सट्रक्सन कम्पनीका मालिक पाण्डेको त्यहाँको लगानी सबै गरेर २७ करोड रुपैयाँको शेयर देखाइएको छ ।

Dipak-Bohoraमन्त्री पाण्डेलाई दीपक बोहोराको चनौति

सम्पत्तिको मामिलामा विक्रम पाण्डेलाई राप्रपाका अर्का मन्त्री दीपक बोहोराले चुनौति दिएका छन् ।

बोहोरा दम्पत्तीका बैंक खातामा डेढ करोडभन्दा बढी नगद देखिएको छ भने हातमै १५ लाख रुपैयाँ छ ।

नाममा काठमाडौं काभ्रे लगायतका ठाउँमा करीव ४ करोडको जग्गा जमिन छ । त्यस्तै सुनका गहना १ सय २० तोला र हिराका गहना तीन सेट देखाइएको छ ।

बैंक अफ काठमाडौंमा मेजर शेयरसहित विभिन्न बैंक तथा वित्तीय र व्यवसायिक संस्थामा बोहोराको ६ करोड भन्दा बढीको शेयर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment