Comments Add Comment

सातामा नेप्से परिसूचक ५४ अंक घट्यो, के भन्छ आधारभुत र प्राविधिक विश्लेषणले ?

८ पुस, काठमाडौं । यस साता पनि सेयर बजारले वृद्धिको बाटो समात्न सकेन । फलस्वरुपः नेप्से परिसूचक सातामा ५४ अंकले घटेको छ ।
बजार घटेको समयमा लगानीकर्ताको आकर्षण भने बढेको देखिएको छ । साताभरमा दुई अर्ब ८५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । कारोबार रकम गत साताभन्दा ४७ प्रतिशतले वृद्धि भएको हो ।

यस साता कारोबार रकम (६६ करोड ७१ लाख ५० हजार रुपैयाँ) को आधारमा एभरेस्ट बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (दुई लाख १९ हजार कित्ता) को आधारमा र कारोबार संख्या (२५३१ वटा) को आधारमा पनि एभरेस्ट नै अग्रस्थानमा रहेको छ ।

indices

आधारभुत पक्ष

सेयर बजारलाई अहिले आधारभुत पक्षहरुकै प्रभाव परेको देखिन्छ । बैंकहरुमा तरलता संकुचन रहेको कारण लगानी वृद्धि हुन सकेको छैन् । यद्यपी हालसम्म लगानीकर्ताहरुले सेयर मूल्य घट्दा कर्जा लिएका बैंकहरुबाट आउने मार्जिन कलको भने सामना गर्न परिसकेको छैन् । बैंकहरुले निक्षेपको व्याजदरमा पनि वृद्धि गरिरहेकाले कम जोखिम लिन चहानेहरु बजारमा भन्दा निक्षेपमा लाभ देखिरहेका छन् । अहिले कतिपय बैंकहरुले कल डिपोजिटमा नै १० प्रतिशतभन्दा बढि व्याजदर दिन तयार भएपछि पनि लगानीकर्ताहरुले बजारमा खरिददारी बढाएका छैनन् ।

यता, संस्थाहरुको हकप्रद र बोनस आउने क्रम जारी रहेकोले बजारमा आपुर्ती वृद्धि भइरहेको छ । यिनै कारण सेयर बजारमा लगानी वृद्धि हुन सकिरहेको छैन् ।

प्राविधिक कारण
मुभिङ एभरेज क्रसओभर

untitled

 

नेप्से परिसूचकमा बनाइएको ७ दिने मुभिङ एभरेज रेखा अहिले पनि २१ दिने मुभिङ रेखाभन्दा तल नै रहेको छ । यसले बजार वृद्धिको बाटोमा गइनसकेको देखाउँछ । २१ दिने मुभिङ एभरेजलाई काँटेर ७ दिने मुभिङ एभरेज माथी जान थालेमा बजार बढ्ने प्रक्षेपण गरिन्छ । यी दुई रेखा समानान्तर दिशामा नै अगाडी बढिरहेका छन् ।
आरएसआई
बजारमा बिक्री चाप वृद्धि भएको नेप्सेको आरएसआई सुचकले देखाउँछ । हाल नेप्सेको आरएसआई सुचक १८ को बिन्दुमा रहेको छ । यसले बजार ओभरसोल्ड जोन (३० बिन्दु मुनी)मा रहेको संकेत गर्छ । बजारमा अत्यधिक बिक्री चाप बढेकोले राम्रा कम्पनीहरुको सेयर खरिदारी बढाउन सकिने अवस्था रहेको यसले संकत गर्दछ । यो जोनमा कचि समयसम्म रहन्छ भन्ने कुराले भने फरक पर्दछ । आरएसआई चार्ट प्यार्टन हेर्ने हो भने यो सुचक स्कलेको १५ बाट बढेर १८ आइरहेकोले थोरै भएपनि खरिददारी वृद्धि भइरहेको देखाउँछ ।

पीभट विश्लेषण
पीभट विश्लेषणले बढ्ने प्रयासमा रहेको नेप्सेले त्यसमा निरन्तरता पाएमा एक महिनाको अवधिमा १५६५ मा पहिलो प्रतिरोध पाउँने सम्भावना छ । तर यो तहबाटै नेप्से घट्न थालेमा भने पहिलो टेवा १४२७ विन्दुमा पाउँन सक्ने सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment