Comments Add Comment

ओस्कारले चाइनिज सुप लिग खेल्ने पक्का

oscar-join-shanghai-sipg-in-china

८ पुस, काठमाडौं । चेल्सी र सांघाई एसआईपीजीबीच ओस्कारको ट्रान्सफरको समझदारी भएको छ । २५ वर्षे ब्राजिलियन मिडफिल्डर ओस्कार जनवरीमा चाइनिज सुप लिगमा जानेछन् ।

२०१२ मा चेल्सी आएका ओस्कारले २०३ खेलमा ३८ गोल गरेका छन् । उनले पि्रमियर लिग, युरोपा लिग र लिग कप जिते । तर, एन्टोनिओ कोन्टे प्रशिक्षकका रुपमा आएपछि उनले टिममा स्थान बनाउन संघर्ष गर्नु परेको छ ।

उनको ट्रान्सफरको प्रक्रिया जनवरीको सुरुवातमा पुरा हुने चेल्सीले जनाएको छ । र, उनले चीनमा सातामा ४ लाख पाउण्ड कमाउने रिपोर्टहरुको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment