Comments Add Comment

सफलताको कथाः दर्जनौं कम्पनीको अन्तरवार्ता ‘फेल’ भएका ज्याक यसरी बने खर्बपति

jack-ma-2

दैनिक गुजारा चलाउन मुस्किल भएपछि कैयन कम्पनीहरुमा जागिर खाने प्रयास गर्दा दर्जनौंपटक अन्तरवार्तामा फेल भएका व्यक्ति खर्बपति बन्न सक्छन् ? चीनका एक युवाले यसलाई व्यवहारमै प्रमाणित गरेर देखाइदिएका छन् ।

जागिर खोज्ने क्रममा रेष्टुरेन्टको चेन कम्पनी केएफसीले समेत अयोग्य ठानेका चिनियाँ नागरिक ज्याक मा अहिले खर्बपति मात्रै होइन, चीनकै सबैभन्दा बढी धनी व्यक्ति भनेर चिनिएका छन् ।

ज्याक वयस्क उमेरमा प्रवेश गर्दैगर्दा चीनलाई पश्चिमा देशहरुले एक्ल्याइरहेका थिए । चीनले आर्थिक रुपमा फड्को मार्ने प्रयास गर्दै थियो, तर ज्याकको परिवार भने आर्थिक संकटमा फस्दै गएको थियो ।

ज्याकको उमेर बढ्दै थियो । यससँगै परिवारमा आर्थिक संकट पनि दिनदिनै झाँगिदै थियो । परिवारमा आर्थिक संकट बढ्दै गर्दा उनको पढाइ राम्रो भएन । ज्याक मा कलेजको प्रवेश परीक्षामा दुईपटक फेल भए ।

दुईपटक प्रवेश परीक्षामा फेल भए पनि तेस्रोपटक भने पास भए । यसपछि उनले बीएसम्मको अध्ययन पूरा गरे । बीएसम्मको अध्ययन पश्चात नै उनले कैयन कम्पनीमा काम खोजे तर पाएनन् ।

सफलता सहजै कहाँ पो हात पर्छ र ! जागिरको खोजीमा उनले पहिलोपटक अंग्रेजी शिक्षकका रुपमा पढाउने मौका पाए । तर, यसबाट उनको कमाइ भने राम्रो भएन । शिक्षक भएपछि उनले मासिक रुपमा १२ अमेरीकी डलर मात्रै कमाउँथे ।

बिस्तारै उनको मनमा व्यवसाय गर्ने योजना पलाउन थाल्यो । सुरुवातको समयमा ज्याकसँग कम्प्युटरका बारेमा कुनै जानकारी नै थिएन । सन् १९९५ मा अमेरीका भ्रमणमा गएका बेला उनी एकाएक अनलाइनमा आकषिर्त हुन पुगे ।

उनले व्यवसाय थाले, तर दुईवटा व्यवसायले उनलाई नाफा दिन सकेन । पहिलोपटक ज्याक माले अनलाइनमा बियर शब्द टाइप गरेर सर्च गरेका थिए । उनले अनलाइनमा बियर खोज्दा चिनियाँ बियरहरु देखा परेनन् । यसरी अनलाइनमा आफ्नो देशमा उत्पादन भइरहेका बियरहरु नभेटेपछि उनमा अनलाइनमार्फत व्यवसाय गर्ने सपना पलायो ।jack-ma

उनका दुईवटा अनलाइन व्यवसाय सफल हुन सकेनन् । तर, उनी निराश भएनन् । बरु नयाँखालका सोचहरु बनाउँदै गए । दुई व्यवसायमा असफल भएपछि ज्याकले चार वर्षपछि फेरि अनलाइन व्यवसाय थाल्ने निर्णय गरे ।

तर, यसपटक भने उनको योजना अलि बेग्लै थियो । आफ्नो योजना १७ जना साथीसामु प्रस्तुत गर्दै सबैलाई लगानी गर्न आग्रह गरे । त्यहीँबाट इन्टरनेट मार्फत जनतालाई खरिद-बिक्रीको सुविधा दिन सुरु गरिएको अलिबाबालेे उनलाई अहिले झन्डै २७ खर्बकोे मालिक बनाएको छ । उनले नेतृत्व गरेको अलिबाबा ग्रुप विश्वमा चर्चित छ ।

नयाँ व्यवसाय अलिबाबामा उनले विभिन्न उत्पादन राखेर ग्राहकले अनलाइन मार्फत नै सजिलै किन्न सक्ने व्यवस्था गरे । जहाँ उत्पादकहरुले पनि आफ्नो उत्पादनहरु राख्न पाउने भए।

यो व्यवसायले विश्वभर रहेका मानिसहरुलाई आकषिर्त गर्‍यो र सन् २००० भन्दाअघि नै यो कम्पनी नाफामा गयो ।

जहिलेसुकै हँसिलो मुद्रामा देखिने ज्याक माले आफ्ना कर्मचारीलाई व्यवसायको सुरुवातका वर्षहरुमा भन्ने गर्दथे ‘हामी सबै जवान छौं र हामीले अलिबाबालाई अरुभन्दा भिन्न बनाएका छौं, हामीले कहिल्यै पनि यो व्यवसाय छोड्न हुँदैन ।’

सन् २००५ मा याहुले अलिबाबामा १ अर्ब अमेरीकी डलरको लगानी गर्‍यो । र, याहुले अलिबाबाको ४० प्रतिशत हिस्सा प्राप्त गर्‍यो । याहुको लगानीले अलिबाबालाई थप बलियो बनायो । किनकि त्यतिबेला इबेले पनि बजार बिस्तार गर्दै थियो । तर, याहुको लगानी थपले अलिबाबालाई बलियो बनायो र बजार आफ्नो बर्चस्वमा राख्न सघायो ।

सन् २०१३ मा उनी सीइओ पद छाडेर कार्यकारी अध्यक्ष बने । उनी भन्छन्-‘मैले यो जे जति कमाएको छु, यो पैसा होइन, यो केवल जनताको विश्वास हो ।’

केही वर्षअघि मात्रै न्युयोर्क स्टक एक्सचेन्जमा अलिबाबाको १ सय ५० अर्ब अमेरीकी डलर बराबरको साधारण सेयर सुचित भएको छ ।jack-ma-pic

अहिले चीनमा ज्याक मा एक सेलीब्रेटी नै भएका छन् । उनका भाषण सुन्न हजारौं मानिसहरुको भिड लाग्ने गर्छ ।

उनी ठूला व्यवसायी भए पनि बिहेका क्रममा भने एक शिक्षिका नै उनको रोजाइमा परिन् । उनले झाङ यिङसँग बिहे गरे, जसलाई उनले सन् १९८० तिर स्कुलमा भेटेका थिए । झाङ यिङ भन्छिन्- ‘मैले ज्याक मालाई हृयान्डसम देखेर मन पराएको होइन, मैले ज्याकमा यस्तो क्षमता देखेकी थिएँ कि जुन हृयान्डसमहरुले गर्न सक्दैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment