Comments Add Comment

एसओएस भेट्रान फुटवलको उपाधि सिएमजी काठमाडौंलाई

vaikhala-football११ पुस, पोखरा । छैठौं संस्करणको एसओएस बगर भाइखलक भेट्रान फुटवलको उपाधि सिएमजी काठमाण्डौले जितेको छ । उपाधिसँगै सि एमजीले नगद ७५ हजार, रनिङ शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र हात पार्न सफल भयो ।

आइतबार टुडिखेल मैदानमा सम्पन्न फाइनल खेलमा सिएमजीले नाइट किंग सानो गौचरणलाई ट्राइबेकरमा ३-२ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि हात पार्न सफल भएको हो ।

खेलको पहिलो हाफको सुरुवातमा नाइट किंगका आकाश गुरुङले फि्र किकमा गोल गर्न सफल भएका थिए भने दोश्रो हाफको अन्तिम समयमा सि एमजीका बिजय गुरुङले पेनाल्टीमार्फत गोल फर्काउदै खेल बरावरीमा ल्याएका थिए ।

निर्धारित समयमा खेल बरावरीमा सकिएपछि ट्राइबेकरमा सिएमजीको तर्फबाट संजिव वैद्य, कल्याण खड्गी र चेतनारायण श्रेष्ठले १/१ गोल गरेका थिए भने नाइट किंग सानो गौचरणको सरोज थापा र निमा लामाले १/१ गोल फर्काए पनि मनु गौतमको गोल किपरले रोकेपछि सिएमजीले उपाधि हात पारेको थियो ।

प्रतियोगितामा नाइट किंग सानो गौचरणले उपबिजेतासहित नगद ५० हजार, मेडल, ट्रफी र प्रमाणपत्र हात पार्न सफल भयो । प्रतियोगितामा सिएमजी काठमाण्डौका संजीत कुमार बैद्य म्यान अफ दी म्याच घोषित भए ।

प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडी सानो गौचरणका खेलाडी निमा लामा घोषित भए भने उत्कृष्ट गोलकर्ता सिएमजी काठमाण्डौका चेत नारायण श्रेष्ठ भए । प्रतियोगिता अवधिभर श्रेष्ठले ४ गोल गर्न सफल भए । त्यस्तै अनुशासित टीम आदिवासी भेट्रान क्लव काठमाण्डौले हात पार्‍यो ।

प्रतियोगिताका बिजयी टीम र खेलाडीहरुलाई पश्चिमाञ्चल क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कमल सिंह बम, प्रथम पुरस्कार प्रायोजक सरोज गुरुङ मिकी हङकङका बुवा बीरबहादुर गुरुङ, दोश्रो पुरस्कार प्रायोजक जापान भिमकाली पाटनका प्रतिनिधी, बगर भाइखलकका अध्यक्ष दिलबहादुर गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment