सोमबार, ७ फागुन, २०७४
OnlineKhabar.com

स्थानीय तह पुनर्संरचना आयोगले प्रधानमन्त्रीलाई लेख्यो पत्रः प्रतिवेदन तयार भयो, बुझिदिनुस्

अनलाइनखबर

llrc

११ पुस, काठमाडौं । स्थानीय तह पुनर्संरचनाका लागि गठित आयोगले प्रतिवेदन तयार भएको भन्दै बुझाउन समय माग्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्र पठाएको छ ।

आयोगले अघिल्लो साता नै प्रतिवेदन बुझाउन चाहेको थियो । तर, प्रधानमन्त्री प्रचण्डले समय दिएका छैनन् ।

सत्ता साझेदार दलहरुबीच भएको छलफलअनुसार प्रधानमन्त्रीले केही समय पर्खिन आग्रह गरेका थिए । संविधानअनुसार स्थानीय तह पुनर्संरचनापछि स्थानीय निकाय स्वत भंग हुन्छ । तर, सरकारले यसबारे के गर्ने भन्ने कुनै निर्णय गर्न सकेको छैन ।

साथै प्रमुख राजनीतिक दलहरुबीच स्थानीय निकायको पुरानै संरचनाको चुनाव गर्ने बहस पनि चलिरहेको छ ।

तर, आयोगले भने सोमबार प्रधानमन्त्री कार्यालयमा पत्र पठाएर स्थानीय तहको सीमा र संख्यासहित प्रतिवेदन बनेकाले बुझाउने समय मिलाइदिन आग्रह गरेको छ ।

एक सदस्यले अनलाइनखबरसँग भने, ‘प्रतिवेदन तयार भएको छ । बुझिदिनुपर्‍यो भनेर प्रधानमन्त्रीलाई पत्र काटेका छौं ।’

आयोगले ७४० स्थानीय तह सिफारिस गरेको छ, जसमा काठमाडौं र पोखरा महानगर छन् ।

२०७३ पुष ११ गते १७:०० मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

४ प्रतिकृयाहरू प्राप्त
  • bibas लेख्नुहुन्छ    |   २०७३ पुष ११ गते १६:१६

    khoi ta Bharatpur mahanagar samrachana pugda pugdai

    0
    0
    Share

  • Astrologers लेख्नुहुन्छ    |   २०७३ पुष ११ गते १७:०४

    Yo election ma Durgati nischit xa jagou nepal ko rakxa garum hajur ba AMA didi vai daju bahini tatha sampurna desh premi jai Nepal . Nepal AMA lai Bach aunu xa .yo kam gari AMA ko vara tirnu xa

    1
    0
    Share

  • kailash लेख्नुहुन्छ    |   २०७३ पुष ११ गते १७:०४

    Bharatpur mahanagar kina bhayena samrachana huda hudai

    0
    0
    Share

  • pitambar subedi लेख्नुहुन्छ    |   २०७३ पुष ११ गते १८:५४

    जनतालाई आहत र अपमान अपायक, उल्टो, आफैले बनआएको निर्देशिका विपरित खाका स्वीकार गरी दलका स्वार्थि जिल्ला नेताको पृष्टपोषण गर्ने आयोग !जिल्लाले गरेको सिफारिसलाई जसको तस् गर्ने भए अधिकार संपन्न आयोग भन्नु वेकार ! नेपालमा अहिले सम्म बनेका आयोग मध्ये यो भन्दा अविवेकी तथा जनता भिडाउने आयोग बनेको थिएन/ राष्ट्रिय धन खर्चेर बनाएको अव्यवहारिक प्रतिबेदन नबुझेकै राम्रो होला /

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this