Comments Add Comment

अफ्रिकी मुलुकमा मानव तस्करी रोक्न एनआरएनद्वारा सरकारको ध्यानाकर्षण

पूर्वी र पश्चिमी अफ्रिकालाई समेट्ने गरी एक-एक वटा दूतावास स्थापना गर्न माग

nrn-africa

बार्सिलोना । अफ्रिका क्षेत्रमा नेपालीहरु अलपत्र परेका घटनाहरु दिनप्रतिदिन बढिरहेको बेला यसलाई तत्काल रोक्न सरकारसँग माग गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए)को दोस्रो अफ्रिका क्षेत्रीय बैठक सम्पन्न भएको छ ।

मानव तस्करी रोक्न तथा यसबारे उचित कदम चाल्न, आवश्यक संयन्त्र निर्माणका लागि माग गर्दै एनआरएनको तान्जानिया दार ए सलाम घोषणापत्र आइतबार जारी भएको हो ।

बैठकले अफ्रिकी मुलुकहरुमा रोजगारी तथा व्यवसायमा क्षेत्रमा नेपाली बढ्दै गएको भन्दै पूर्व तथा पश्चिमी अफ्रिका मुलुकलाई समेट्ने गरी एक-एक वटा दूतावास स्थापना गर्न पनि माग गरेको छ । साथै अफ्रिकाका विभिन्न मुलुकहरुमा अवैतानिक वाणिज्यदूत स्थापना गर्न प्रस्ताव गरिएको छ ।

यस्तै रोजगारीका लागि अफ्रिका आउने नेपालीहरुका लागि श्रम स्वीकृति, राहदानी नवीकरण, अन्य कागजातको सिफारिसका सम्बन्धमा सरकारी प्रक्रिया झन्झटिलो तथा अप्ठ्यारो रहेकाले त्यसलाई सहज एवम् सुलभ बनाउन पनि नेपाल सरकारसँग अनुरोध गरिएको छ ।

राहत कोषलाई १५ लाख पुर्‍याउने प्रतिवद्धता

nrn-africa-1

अफ्रिका क्षेत्रमा रहेका १५ बटा राष्ट्रिय समन्वय परिषदका प्रतिनिधिहरु सहभागि दुईदिने बैठकले बैदेशिक रोजगारी तथा व्यवसायमा संलग्न भएर अप्ठ्यारो परेका नेपाली र अलपत्र पर्ने नेपालीहरुको उद्दार तथा राहतका लागि स्थापना गरेको ‘एनआरएनए अफ्रिका आपतकालीन राहत कोष’लाई वृद्धि गरी कम्तीमा १५ लाख रुपैयाँ पुर्‍याउने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

यस्तै अफ्रिकाका विभिन्न मुलुकले पर्यटन क्षेत्रमा प्राप्त गरेको सफलताको अनुभव आदान प्रदान एवम् अफ्रिकामा नेपालको पर्यटन प्रवर्द्धनका लागि एनआरएनएको पर्यटन प्रवर्द्धन समिति बनाउन तथा नेपाल सरकारलाई विशेष कदम चाल्न अनुरोध गर्ने घोषणापत्रमा उल्लेख छ ।

अफ्रिकाका लागि नेपाली राजदूत अमृतबहादुर राई, गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक जीवा लामिछाने, उपाध्यक्ष कुमार पन्त, कोषाध्यक्ष हिक्मत थापा, अफ्रिका संयोजक सुनिल कार्की लगायत सहभागी बैठकले अफ्रिकाका अन्य विभिन्न देशमा राष्ट्रिय समन्वय परिषद स्थापना गर्ने तथा हाल कार्यरत राष्ट्रिय समन्वय परिषदहरुलाई थप सक्रिय एवम् प्रभावकारी बनाउने प्रण समेत गरेको छ ।

 दार-ए–सलामका सातबुँदे घोषणाहरु 

१. यस बैठकले अफ्रिकी मुलुकहरुमा रोजगारी तथा व्यवसायमा क्षेत्रमा नेपालीको बढ्दै गएको उपस्थितिलाई ध्यान दिँदै सरकारले आफ्नो उपस्थिति यस महादेशमा बढाउन आवश्यक रहेको महसुश गरेको छ ।  त्यसका लागि पूर्व तथा पश्चिमी अफ्रिकी मुलुकलाई समेट्ने गरी एक- एकवटा राजदूतावास स्थापना गर्नुका साथै अफ्रिकाका विभिन्न मुलुकहरुमा अवैतनिक वाणिज्यदूत स्थापना गर्न प्रस्ताव गर्दछ ।

२. रोजगारीका लागि अफ्रिका आउने नेपालीहरुका लागि श्रम स्वीकृति, राहदानी नवीकरण, अन्य काजगातको सिफारिसका सम्बन्धमा सरकारी प्रक्रिया झन्झटिलो तथा अफ्ठ्यारो रहेकाले त्यसलाई सहज एवम् सुलभ बनाउन नेपाल सरकारसँग अनुरोध गर्दछ ।

३. पछिल्लो समयमा अफ्रिका क्षेत्रमा मानव तस्करले नेपालीहरुलाई अलपत्र पार्ने घटनाहरु बढेकाले त्यसको समाधानका लागि उचित कदम चल्न तथा आवश्यक संयन्त्र निर्माणका लागि सरकारसँग आग्रह गर्दछ ।

४. बैदेशिक रोजगारी तथा व्यवसायमा संलग्न भएर अफ्ठ्यारो परेका नेपाली र अलपत्र पर्ने नेपालीहरुको उद्दार तथा राहतका लागि स्थापना गरेको ‘एनआरएए अफ्रिका आपतकालीन राहत कोष’लाई वृद्धि गरी कम्तिमा १५ लाख रुपैया पुर्यााउने प्रतिवद्धता व्यक्त गर्दछ ।

५. नेपाली समुदाय रहेका तर एनआरएनए राष्ट्रिय समन्वय परिषद नभएका अफ्रिकाका विभिन्न देशमा राष्ट्रिय समन्वय परिषद स्थापना गर्ने तथा हाल कार्यरत राष्ट्रिय समन्वय परिषद्हरुलाई थप सक्रिय एवम् प्रभावकारी बनाउने प्रण गर्दछ ।

६. अफ्रिकाका विभिन्न मुलुकले पर्यटन क्षेत्रमा प्राप्त गरेको सफलताको अनुभव आदान प्रदान एवम् अफ्रिकामा नेपालको पर्यटन प्रवर्द्धनका लागि एनआरएनएको पर्यटन प्रवर्द्धन समिति तथा नेपाल सरकारलाई विशेष कदम चाल्न अनुरोध गर्दछ ।

७. दोस्रो अफ्रिका क्षेत्रीय बैठक सफलतापूर्वक सम्पन्न गर्न विशेष सहयोग गर्ने प्रिटोरियास्थित नेपाली राजदूतावास र महामहिम राजदूत अमृतबहादुर राई, आयोजक एनआरएनए तान्जानिया र सहभागी अतिथि तथा प्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment