Comments Add Comment

सलमान र करणले फिल्म बनाउने, अक्षय कुमार मुख्य हिरो

salman-akshya-and-karan
अंग्रेजी नयाँ बर्षको सुरुवातमै बलिउडका चर्चित नायक सलमान खान र चर्चित निर्देशक तथा निर्माता करण जोहरले आफ्ना फ्यानहरुलाई खुशीको सन्देश दिएका छन् ।

विभिन्न व्यानरसँग चलचित्र निर्माणमा सहकार्य गरेका करणले अब नायक सलमान खानसँग सहकार्य गर्ने भएका छन् । करण र सलमानले मिलेर बनाउन लागेको चलचित्रको मुख्य नायक भने अक्षय कुमार हुनेछन् । करणले ट्विट गरेर फ्यानसँग यो खुशी साटेका हुन् ।

धर्म प्रोडक्शनसँग अब चलचित्र निर्माणमा सलमान खान फिल्मले सहकार्य गर्ने भएको हो । यो चलचित्र सन् २०१८ मा रिलिज हुने करणले जानकारी दिएका छन् ।
करणको ट्विटपछि अक्षय र सलमानले पनि यो खुशी आफ्ना फ्यानसँग साटेका छन् । चलचित्रको निर्देशन भने अनुराग सिंहले गर्ने भएका छन् । चलचित्रको नाम तय गरिएको छैन ।

तर, बलिउडका ३ सुपरस्टारहरु एकसाथ चलचित्र निर्माणमा आएका छन् । यी ३ जना सुपरस्टारहरुबाट दर्शकले पनि स्तरिय चलचित्रका आशा पक्कै गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment