Comments Add Comment

यसकारण ट्वाइलेटमा मोबाइल फोन प्रयोग गर्नु प्राणघातक हुनसक्छ

using-phone-in-toile-finalअहिले मोबाइल फोन हरेक मानिसको दैनिक जिवनको निकै महत्वपूर्ण हिस्सा बनिरहेको छ । मानिस नखाइकन बरु २/४ दिन रहन सक्ला तर फोनबिना एकपल पनि जिउन नसक्ने भैसकेको छ ।

कतिपय मानिसहरु त मोबाइल फोनलाई एकछिन पनि छाड्न सक्दैनन् । मोबाइल फोन चलाइरहने लत बसेको हुन्छ र ट्वाइलेट जाँदा पनि मोबाइल फोन सँगै लगेर चलाइरहन्छन् । यस्ता मानिसहरुलाई मोबाइलबिनाको ट्वाइलेट बसाई निकै अधूरो लाग्छ ।

कतिपयले दिसा पिसाब गरिरहँदा समेत मोबाइलमा गेम खेल्न तथा च्याट गर्न मन पराउँछन् । तर यदि तपाईं पनि दिसापिसाव गर्न ट्वाइलेटमा जाँदा समेत मोबाइल लग्नुहुन्छ भने तपाईंका लागि नराम्रो खबर छ । तपाइँले ट्वाइलेटमा समेत मोबाइल फोन चलाइरहने बानी बसाल्नुभएको छ भने बुझ्नुहोस्, तपाइँले आफ्नो स्वास्थ्यसँग खेलवाड गरिरहनुभएको छ । ट्वाइलेट गर्दा बाथरुममा आफूसँगै मोबाइल लग्ने र ट्वाइलेटमा पनि मोबाइल चलाइरहने बानीले कैयौँ गम्भीर रोगहरुलाई निम्तो दिन्छ ।

रोगविज्ञहरुका अनुसार हामीले बाहिर प्रयोग गर्ने कुनैपनि चिजलाई ट्वाइलेट भित्र लग्नु हुँदैन । जब तपाइँ ट्वाइलेटमा फ्लस गर्नुहुन्छ तब पानीसँगै पिसाब र अन्य फोहोर पदार्थका कणहरु ६ फिट माथिसम्म उड्दछन् । जति धेरैपटक फ्लस गरिन्छ उति नै धेरैपटक र धेरै मात्रामा यी हानिकारक पदार्थहरु ट्वाइलेट भित्रको हावामा फैलिन्छन् ।

ट्वाइलेटमा राखिने ट्वाइलेट पेपर होल्डरमा सबैभन्दा धेरै किटाणुहरु रहेका हुन्छन् । तर धेरै मानिसले सोही पेपर होल्डरमा आफ्नो फोन राख्दछन् । जसका कारण फोनमा किटाणुहरु सर्दछन् ।

ट्वाइलेटमा फोन लैजानाले इकोली, साल्मोनेला टाइफी, डिफिसाइल जस्ता ब्याक्टेरियाहरु फोनमा टाँसिन्छन् । फोनमा टाँसिएर आएका ती किटाणुहरुबाट मानिसमा धेरै खालका संक्रमण हुने जोखिम रहन्छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment