Comments Add Comment

सर्वोच्चको आदेशले सरकार अप्ठ्यारोमाः ओली

KP-Sharma-Oli, Chairman of UML

१९ पुस, काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले संविधान संशोधन प्रस्ताव फिर्ता नलिए सरकार अप्ठयारोमा पर्ने प्रतिक्रिया दिएको छ ।

पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले सर्वोच्च अदालतले संविधान संशोधन प्रस्ताव संसदबाट पारित भएपनि बदर हुने आदेश दिएको दाबी गरे । पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘छलफल त गर्न सकिने तर, असंवैधानिक संशोधन भएमा त्यो बदरभागी हुने सर्वोच्चको फैसलाले सरकार अफ्ठ्यारो स्थितिमा छ ।’

जाने सजिलो, नजाने अप्ठयारो हुने भन्दै उनले भने, ‘सरकारको यथावत लैजाँदा पास गर्नुपर्छ भनेर लैजानुपर्‍यो । पास गरेपछि त्यो त बदरभागी हुन्छ भन्दा-भन्दा पास कसरी गर्ने ? त्यसकारण अब प्रस्तावलाई फिर्ता लिओस् सरकारले ।’

यसबारे सरकार र सत्ता पक्षसँग गहन ढंगले छलफल गर्नर् आफूहरु तयार रहेको उनले बताए । ओलीले सर्वोच्चको फैसलाले एमालेको अडान सही सावित गरेको दाबी गरे ।

एमालेको अडान राजनीतिक दृष्टिकोण ठीक रहेको भन्दै उनले भने, ‘संवैधानिक प्रश्नमा पनि प्रदेशसभाको अनुमति विना गरिने कुरा संविधान सम्मत् नहुने स्पष्ट रुपमा आएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment