Comments Add Comment

अष्ट्रेलियामा कृषि फार्म अवलोकन गरेर प्रभु साहको टोली न्युजिल्याण्ड प्रस्थान

prabhu-shah-at-australia

८ जनवरी, मेलवर्न । अष्ट्रेलिया भ्रमणमा रहेका अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति प्रभु साह र सांसद नरेन्द्रसाह कलवारले भिक्टोरिया राज्यको कृषि फार्मको अवलोकन गरेका छन् । सांसदद्वय साह र कलवारले चेरि फार्मको भ्रमण गरेका हुन् ।

कृषि फार्म अवलोकन गरेपछि अनलाइनखबरसँग कुरा गर्दै साहले विदेशको प्रगतिबाट सिक्दै नेपालमा पनि व्यवसायीक रुपमा कृषि उत्पादन गर्नसके छिट्टै आर्थिक संमृद्धि हुने बिचार व्यक्त गरे ।

अवलोकनमा भिक्टोरियाका नेपाली महावाणिज्यदूत चन्द्र योञ्जन पनि सहभागी थिए ।

prabhu-shah-at-australia-2

साह र कलवारसहितको टोली आजै अष्ट्रेलिया भ्रमण पूरा गरी न्यूजिल्याण्डतर्फ प्रस्थान गरेको नेपाली जनप्रगतिशिल मञ्च भिक्टोरियाका संयोजक गौतम लामिछानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment