Comments Add Comment

‘समुन्द र बस्ती’ कविताको भिडियो नै बन्यो

manjul
कवि मञ्जुलले लेखेका ‘समुन्द्र र बस्ती’ शिर्षकको कविताको भिडियो नै तयार भएको छ । मञ्जुल जापान रहादा त्यहाको दृश्यलाई नियाल्दै कविता रचना गरेका थिए । कविताको भिडियोको सम्पूर्ण छायांकन जापानमा नै गरिएको हो ।

दिलिप श्रेष्ठले यो कविताको भिडियो निर्देशन गरेका हुन् । कवितालाई सार्थक दिनका लागि जापानका चारै मौसममा भिडियो छायांकन गरिएको थियो । कवि मञ्जुलले कविताको भावलाई भिडियोको माध्यमबाट दर्शक तथा श्रोताले सजिलै वुझ्ने बताए । गीतको म्यूजिक भिडियो निर्माण भैरहेको समयमा कविताको भिडियो नै निर्माण हुनु आफैमा नयाा प्रयोग हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment