Comments Add Comment

के आँचलको हातमा फिल्म छैन ?

चलचित्र क्षेत्रमा प्रवेश गरेको छोटो समयमा नै राम्रै चर्चा पाउने नायिकाको सूचीमा आँचल शर्मा पनि पर्छिन् । पहिलो चलचित्र ‘नाई नभन्नु ल ४’ हिट भएसँगै उनको व्यस्तता निकै चुलियो । पछिल्लो केही चलचित्र असफल भएपनि आँचलको व्यस्ततामा कमी आएको छैन ।

आँचल अहिलले चलचिच ‘दाल भात तरकारी’को छायांकन सकाएर फुर्सदमा छिन् । ‘दाल भात तरकारी’ पश्चात आँचलले कुन चलचित्रमा काम गर्छिन् भन्ने धेरैको चासोको विषय बनेको छ । तर, आँचलले आफ्नो आगमी प्रोजेक्टको विषयमा केही पनि बोलेकी छैनन् ।

‘के तपाई अहिले खाली हात हो?’ अनलाइनखबरले आँचललाई प्रश्न गर्दा उनले आफ्नो हातमा अहिले दुई चलचित्र भएको बताइन् । उनले भनिन्– ‘मैले दुई चलचित्र साइन गरिसकेको छु । एक चलचित्र अब छिट्टै छायांकनको तयारीमा छ भने अर्को केही समय ढिला हुनेछ ।’

उनी भन्छिन्–‘एउटा चलचित्रको छायांकन फागूणमा नै सुरु हुनुपर्ने हो । तर, अझै वर्कसप गर्नुपर्ने भएपछि ढिला भएको छ । अबको केही समयमा नै औपचारिक घोषणा गरेर छायांकन सुरु गर्नेछौँ ।’ आँचलले चलचित्रको नाम र टिमको विषयमा भने बोल्न चाहिनन् । उनले भनिन्–‘यस अघि उक्त व्यानरबाट निर्माण भएको चलचित्र निकै हिट भएको छ । त्यही व्यानरसँग काम गर्दैछु । अरु कुरा खोल्न मिल्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment