Comments Add Comment

अब देशभर जहाँबाट सेयर हाल्दा पनि डिम्याट खाता आवश्यक

SHARE (2)
२५ पुस, काठमाडौं । माघ १ गतेदेखि उपत्यका बाहिरबाट सेयरको लागि आवेदन दिँदा पनि डिम्याट खाता (सेयरको विद्युतीय अखिलेख राख्न/ अभौतिकीकरण गरिने हितग्राही खाता) अनिवार्य चाहिने भएको छ । गत साउन १ गतेबाट उपत्यकाको लागि मात्र अनिवार्य गरिएको यो व्यवस्था माघपछि भने उपत्यका बाहिर पनि लागु हुने भएको हो ।

तर जलविद्युत् कम्पनीमा लगानी गर्न अरक्षण पाउने प्रभावित स्थानिय समुदायसँग भने सेयर हाल्न डिम्याट खाता नभएपनि हुने व्यवस्था यसअघि नै गरिएको छ । धितोपत्र बोर्डले सोमवार सुचना जारी गरेर डिम्याट खाता अनिवार्य गरिएकोले शिघ्र खाता खोल्न लगानीकर्तालाई आग्रह गरेको छ ।

हाल देशका ६० जिल्लाबाट बिभिन्न निक्षेप संग्रहकर्ताहरु मार्फत् यो खाता खोल्ने सुविधा दिइएको छ । बैंक र बिभिन्न ब्रोकर कम्पनीहरुले निक्षेप संग्रहकर्ताको रुपमा खाता खोल्दै आएका छन् ।

त्यस्तै धितोपत्र बोर्डले लगानीकर्ताले खाता खोल्दा आफ्नो बैंकमा रहेको खाता नम्बरसमेत अनिवार्य उल्लेख गर्न भनेको छ । सेयर हालेर नपरेको रकम फिर्ता गर्न, कम्पनीहरुले दिने नगद लाभांश पठाउन यो खाता प्रयोग गरिने भएकोले यो व्यवस्थालाई अनिवार्य गरिएको छ ।

लगानीकर्ताले सेयरमा आवेदन दिँदा आफ्नो निक्षेप रहेको खातामा नै रकम रोक्का रहने र सेयर परेपछि मात्र परेको सेयर बराबरको रकम खाताबाट सर्ने ‘आस्वा प्रणाली’ माघबाट लागु भएकाले यसबाट पनि लाभ लिन बोर्डले लगानीकर्तालाई आग्रह गरेको छ । हाल धितोपत्र बोर्डमा १७ संस्थाले आस्वा सेवा दिन मञ्जुरी सहित आवेदन दिएका छन् ।

आस्वा सेवा दिने बैंकहरुले आफुले लिने सेवा शुल्क बारे एक साता अगाडी नै सार्वजनिक सुचना निकालेर जानकारी दिनुपर्ने पनि बोर्डले उल्लेख गरेको छ । आस्वा सेवा दिने संस्थाले ५ हजार रुपैयाँ (५० कित्ता सेयर) को लागि प्रति फारम अधिकत्तम ५० रुपैयाँ सम्म र ५० कित्ताभन्दा माथीको आवेदनमा प्रति फारम अधिकत्तम २ सय रुपैयाँसम्म शुल्क लिन पाइने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment