Comments Add Comment

अष्ट्रेलियामा उखरमाउलो गर्मी, तापक्रम ४७ डिग्री सेल्सियससम्म पुग्ने

australia-map

११ जनवरी, सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको स्वास्थ्य बिभागले सिड्नीमा एक अर्को गर्मी दिन आउने पूर्वानुमान गर्दै वायु प्रदुषणको चेतावनी दिएको छ । उसले भनेको छ कि ओजोनको तह बढ्नेछ र मानिसलाई स्वासप्रस्वासमा समस्या आउन सक्छ ।

सिड्नी सिटीमा ३१ डिग्री सेल्सियस र पश्चिमी क्षेत्रमा ३७ डिग्री सेल्सियससम्म तातो हुने पूर्वानुमान गरिए पनि मंगलबार त्यसभन्दा बढी तातो भयो । र गर्मी अझै बढ्ने अनुमान गरिएको छ ।

यो स्थिति सिड्नीको ग्रामिण क्षेत्रहरुमा पनि  छ । तर न्यु साउथ वेल्स निवासीले आगामी दिनमा अझै कडा गर्मीको सामना गर्नुपर्ने र त्यसले स्वास लिनसमेत कठिन हुने चेतावनी दिइएको छ ।

मौसम पूर्वानुमान ब्यूरोले बुधबार शहरको तापक्रम ३८ डिग्री पुग्ने तर बिहीबार घटेर २७ डिग्रीमा झर्ने अनुमान गरेको छ । तर शुक्रबार बढेर ३३ डिग्री र शनिबार ३१ डिग्री हुने पूर्वानुमान छ ।

तर रिचमण्ड र पेनरिथ क्षेत्रमा भने बुधबार ४० डिग्रीसम्म तापक्रम पुग्नेछ । बिहीबार ३० डिग्रीमा झरेपछि शुक्रबार बढेर ४२ डिग्री हुने अनुमान गरिएको छ ।

न्यु साउथ वेल्सको उत्तर पश्चिमी क्षेत्र बुर्केका बासिन्दाले भने आगामी तीन दिन निक्कै गर्मी झेल्नुपर्नेछ । त्यहाँ बुधबार र बिहीबार ४५ डिग्रीसम्म तापक्रम हुनेछ भने शुक्रबार अझै बढेर ४७ डिग्री पुग्नेछ ।

मौसम पूर्वानुमान ब्यूरोले भनेको छ कि एनएसडब्ल्यु स्वास्थ्य विभागले सिड्नीमा खराव वायु प्रदुषणबारे मंगलबारै चेतावनी जारी गरिसकेको छ ।

‘दमजस्ता स्वासका बिरामीहरुले आफ्नो कार्ययोजना पालना गर्नुहोस् र समयमा औषधि सेवन गर्नुहोस्,यदि स्वास लिन अप्ठेरो भएमा तत्काल चिकित्सकको सल्लाह लिनुहोस् ।’ राज्यले जारी गरेको चेतावनीमा भनिएको छ ।

एनएसडब्ल्यू कार्यालयका अनुसार, प्रतिक्रियाशील कार्वनिक ग्यास र नाइट्रोजन अक्साइडबीचको रासानायिक प्रतिक्रियाबाट गर्मी दिनमा ओजोनको तह तल्लो स्तरमा आउँछ ।

-सिड्नी मर्निङ हेराल्डबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment