Comments Add Comment

पद्मावतीलाई गंकी धुस्वाँ वसुन्धरा पुरस्कार

काठमाडौं । यस वर्षको गंकी धुस्वाँ वसुन्धरा पुरस्कार उपन्यासकार पद्मावती सिंहले पाउने भएकी छिन् ।

गंकी धुस्वाँ–वसुन्धरा प्रतिष्ठानका अध्यक्ष अरुण सायमीको अध्यक्षतामा बसेको बैठकले पुरस्कारको निर्णय गरेको हो । गत वर्ष प्रकाशित उपन्यास ‘निःशब्द यात्रा’ का लागि उपन्यासकार सिंहलाई सो पुरस्कार दिन लागिएको हो । यस्तै, धुस्वाँ सायमी सिर्जना पुरस्कार चित्रकार चन्दा श्रेष्ठले पाउने भएकी छिन् । दुवै पुरस्कारको राशि जनही ५० हजार रुपैयाँ रहेको छ । पुरस्कार माघ १ गते शनिबार वितरण गरिने जनाइएको छ ।

padmawati-singh
पद्मावती सिंह

पुरस्कृत उपन्यासकार सिंहका ‘कथादि’, ‘कथायाम’, ‘कथाकार’, ‘पद्मावती सिंहका कथाहरु’, ‘समयदंश’ र ‘मौन स्वीकृति’ कथासंग्रह तथा ‘समानान्तर आकाश’ र ‘निःशब्द यात्रा’  उपन्यास प्रकाशित छन् । उनले ‘समानान्तर आकाश’ का लागि ०६२ सालको साझा पुरस्कार पाएकी थिइन् ।

नेपाल भाषाका प्रथम उपन्यासकार धुस्वाँ सायमी र उनकी पत्नी वसुन्धरा सायमीको नाममा स्थापित प्रतिष्ठानले ०३९ सालदेखि हरेक दुई वर्षमा विभिन्न भाषाका उपन्यासकारलाई पुरस्कृत गर्दै आएको छ । दिवंगत स्रष्टा धुस्वाँको ०१५ सालमा प्रकाशित ‘गंकी’ नेपाल भाषाको पहिलो उपन्यास हो । उनी नेपाली र हिन्दी भाषामा पनि साहित्य सिर्जना गर्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment