अमेरिकाको बोस्टन तमु समाजले भूकम्पले क्षतिग्रस्त गोरखा गाखु गाविस १ स्थित नामरुक देवी निम्न माध्यामिक बिद्यालयको भवन पुनर्निर्माण गरी हस्तान्तरण गरेको छ ।
गैरसरकारी संस्था खुसी नेपालसँगको सहकार्यमा बोस्टन तमू समाजले १७ हजार डलर लगानी गरेर बिद्यालय भवन पुनर्निर्माण गरेको समाजका अध्यक्ष सम्झना गुरुङले जानकारी दिइन् ।
१५ बर्षदेखि बोस्टनमा रहेका तमुहरुले बिभिन्न कार्यक्रम गरी सो रकम संकलन गरेका हुन् । भूकम्पले क्षति पुर्याएका बिद्यालयहरुको खोजी गर्दा गोरखाको तमरुक देवी निमाविलाई छनौट गरिएको र खुसी नेपालसँगको सहकार्यमा काम सम्पन्न भएको समाजकी अध्यक्ष सम्झनाले बताइन् । उनले बिद्यालय पुनर्निर्माणमा सहयोग गर्ने सबैलाई धन्यबाद दिइन्
गएको आइतबार बिद्यालय को ५२औं बाषिर्कोत्सव को अवसरमा नबनिर्मित भवनको साँचो खुसी नेपालका कार्यकारी प्रमुख सन्तोष पौडेलले बिद्यालय स्रोत व्यक्ति विश्वनाथ वाग्लेलाई हस्तान्तरण गरेका छन् ।