Comments Add Comment

क्यान्सर अस्पतालका सञ्चालक समिति सदस्य नहटाउन अन्तरिम आदेश

supreme-court-of-nepal

२ माघ, चितवन । चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका सञ्चालक समिति सदस्यलाई नहटाउन सर्वोच्च अदालतले सरकारका नाममा अन्तरीम आदेश दिएको छ ।

सरकारले पदावधि बाँकी नै रहेका बेला ६ जना बोर्ड सदस्यहरु हटाएर पुस २१ गते नयाँ नियुक्त गरेको थियो । त्यसविरुद्ध गत बिहीबार बोर्ड सदस्यहरू रामप्रसाद न्यौपाने, प्रभा बराल, डा. गणेश गुरुङ र डा. केदार सेन्चुरीले उजुरी दिएका थिए ।

आइतबार न्यायाधीश इश्वर खतिवडाको एकल इजलासले पदावधि बाँकी नै रहेका बेला बोर्ड सदस्य हटाउनु वाञ्छनिय नदेखिएकाले यथावत राख्न सरकारका नाममा आदेश दिएको निबेदकका पक्षबाट मुद्दाको सुनुवाई गर्दै आएका बार एसोसियनका पूर्वउपाध्यक्ष टिकाराम भट्टराईले जानकारी दिए ।

अस्पतालका तत्कालिन बोर्ड सदस्यहरु डा. शिला बर्मा, डा. चण्डिका पण्डित, डा. गणेश गुरुङ, डा. केदार सेन्चुरी, प्रभा बराल र रामप्रसाद न्यौपानेको नियुक्ति प्रक्रिया गैरकानुनी भएको भन्दै अख्तियारले गत बैशाख १७ गते सरकारलाई हटाउन आदेश दिएपछि अस्पतालको सञ्चालक समितिको बैठक २०७२ चैत्र २४ गतेदेखि बस्न सकेको थिएन ।

सरकारले अख्तियारको आदेश बमोजिम भन्दै तत्कालिन स्वास्थ्यमन्त्री खगराज अधिकारीले नियुक्त गरेका बोर्ड सदस्यहरुलाई हटाएर गत पुस २१ गते अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त गरेको थियो । नियुक्त हुनेहरुमा डा. आरती शाह, डा. तारा मानन्धर, डा. अनु कुशवाह, डा. सरिता घिमिरे, दिनेश कोइराला र सुमिता रिमाल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment