Comments Add Comment

जिल्लामै इँट्टा उत्पादन हुन थालेपछि ताप्लेजुङवासीलाई राहत

ita-taplejung

४ माघ, ताप्लेजुङ । पूर्वी पहाडी जिल्ला ताप्लेजुङमानै गुणस्तरीय इँट्टा उत्पादन हुन थालेपछि स्थानीयलाई राहत मिलेको छ ।

भिएसबिके नामक संस्थाको प्राविधिक सहयोगमा जिल्लाको नाङ्खोल्याङ गाविसमा इँट्टा उद्योग स्थापना भएसँगै घर तथा भवन निर्माण गर्न जिल्ला बाहिरबाट इँट्टा ल्याउनुपर्ने बाध्यता हटेको छ ।

करिव एक करोड लगानीमा भवन निर्माणसँगै माटोको गुणस्तरीयता अध्ययन पछि स्थापना गरीएको यस उद्योगबाट दैनिक पाँच ट्रकसम्म इँट्टा उत्पादन गरी ताप्लेजुङ र पाँचथरको विभिन्न स्थानमा पठाउने गरेको उद्योगका व्यवस्थापक कुमार डाँगीले बताए ।

जिल्लामा नै उद्योगबाट गुणस्तरीय इँट्टा उत्पादन भएपछि सदरमुकाम क्षेत्रमा निर्माणाधीन घर तथा सरकारी कार्यालयका भवनहरुलेसमेत सोही स्थानबाट इँट्टा आयत गर्ने गरेको डाँगीको भनाई छ ।

यस अघि जिल्लामा इँट्टा उद्योग नहुँदा घर तथा भवन निर्माणका लागि झापाको बिर्तामोडबाट महँगो भाडा तिरेर इँट्टा ल्याउनुपर्ने बाध्यता थियो ।

अहिले सदरमुकाम देखि वीस किलोमिटरको दुरीमा नै इँट्टा उद्योग स्थापना भए पछि कम मुल्यमानै खरीद गर्न सकिने हुँदा राहत मिलेको स्थानीय बिरेन लिम्बुले बताए ।

उद्योग स्थापना भएसँगै स्थानीयले रोजगारसमेत पाएका छन् । अहिले सो इँट्टा उद्योगमा ८३ जना कामदार कार्यरत छन् । उनीहरुलाई एउटा इँट्टा बनाएको तीन रुपैयाँ दिने गरीएको व्यवस्थापक डाँगीको भनाई छ । यहाँ उत्पादित इँट्टा २३ रुपैयाँ प्रति गोटा बिक्री हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment