Comments Add Comment

‘भूकम्पीय जोखिम न्यूनीकरणका लागि पत्रदयात्रा’

१० माघ, काठमाडौं । ललितपुरमा भूकम्पीय जोखिम न्यूनीकरणका लागि पदयात्रा कार्यक्रम आयोजना गरिएको छ । भूकम्पबाट हुने जोखिम न्यूनिकरणका लागि जनचेतना जगाउने उद्देश्यका साथ पदयात्रा कार्यक्रम आयोजना गरिएको हो ।

शारिरीक रुपमा अशक्त भएकाहरुलाई पनि पदयात्रामा सहभागी गराइएको थियो । ललितपुरको मंगलबजारबाट सुरु गरिएको पदयात्रा जावलाखेलमा पुगेर समापन गरिएको थियो । शारिरीक रुपमा अशक्त भएकाहरुलाई समावेश गरेर भूकम्पबाट हुने जोखिम न्यूनीकरणका लागि जनचेतना जगाउन पदयात्रा कार्यक्रम आयोजना गरिएको सहभागीहरुले बताएका छन् ।

विक्रम संवत १९९० सालमा गएको भूकम्पको स्मरणमा नेपालमा माघ महिनाको पहिलो साता विभिन्न जनचेतनामूलक कार्यक्रम हुँदै आएको छ ।

ललितपुर जिल्ला प्रशासन कार्यालयको अगुवाईमा सोमबार शारिरीक रुपमा अशक्त भएकाहरुसहितको सहभागितामा भूकम्पीय जोखिम न्यूनीकरण सम्बन्धि पदयात्रा आयोजना गरिएको हो । कार्यक्रममा अभिनेता शिव श्रेष्ठसहितका सामाजिक अभियन्ताहरुको पनि सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment