Comments Add Comment

पर्खाल लगाउन मेक्सिकोमाथि कर लगाउने ट्रम्पको योजना

trump-sapath१४ माघ, काठमाडौं । अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले पर्खाल लगाउने रकम जुटाउन मेक्सिकोबाट आयात हुने सामानमा कर लगाउने योजना बनाएका छन् । अमेरिका र मेक्सिकोको सीमाका पर्खाल लगाउने कार्यकारी आदेशमा ट्रम्पले हस्ताक्षर गरिसकेका छन् । तर, त्यसको रकम कसले व्यहोर्ने भन्ने विवाद छ ।

यसबीच मेक्सिकोका राष्ट्रपति एनरिक पेना जिएटोले अमेरिका भ्रमण रद्द गरे । उनी आगामी साता राष्ट्रपति ट्रम्पलाई भेट्न वाशिङटन पुग्ने तय भएको थियो । सीमामा पर्खाल बनाउने र यसको खर्च मेक्सिकोले नै व्यहोर्ने ट्रम्पले चुनावी नारा नै हो ।

हृवाइट हाउसका प्रवक्ता शन स्पाइसरले भनेका छन्, राष्ट्रपति ट्रम्पले यस योजनाबारे कंग्रेसका सदस्यहरुसँग कुराकानी गरिरहेका छन् र, यसलाई कर सुधार व्यवस्थाको हिस्सा बनाउने योजनामा विचार गरिरहेका छन् ।’

उनका अनुसार मेक्सिकोबाट आयात हुने सामान २० प्रतिशत कर लगाए १० अर्ब डलर राजश्व हरेक वर्ष जम्मा हुनेछ । स्पाइसरले भने, अहिलेसम्म अमेरिकी नीति निर्यातमा मात्र कर लगाउने छ, आयातमा छैन, जुन हास्यास्पद छ । आयात करबाट पर्खाल बनाउने पैसा सहजै जुट्छ ।’

तर, यो योजनालाई अन्तिम रुप दिन बाँकी छ । र, करको न्यूनतम दर ५ प्रतिशतसम्म हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment