Comments Add Comment

दिदीलाई हराउँदै सेरेनाले जितिन कीर्तिमानी २३ औं ग्राण्डस्लाम

१५ माघ, काठमाडौं । दिदी भेनसलाई हराउँदै सेरेना विलियम्सले कीर्तिमानी अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेकी छन् । यससँगै उनी नम्बर १ टेनिस महिला खेलाडी बेनकी छन् ।

यो उनको २३ औं ग्राण्डस्लाम हो । र, उनी आफ्नो युगको सबैभन्दा बढी ग्राण्डस्लाम जित्ने खेलाडी बनेकी छन् । गत वर्ष सातौं विम्बल्डन जित्दै सेरेनाले जर्मनीकी स्टोफी ग्राफको २२ ग्राण्डस्लाम उपाधिको रेकर्ड बराबरी गरेकी थिइन् ।

सबैभन्दा धेरै ग्राण्डस्लाम जित्ने खेलाडीहरुको सूचीमा भने सेरेना भन्दा अगाडि अष्ट्रेलियाका मार्गरेट कोर्ट छिन् । उनले २४ ग्राण्डस्लाम जितेका छन् ।

३५ वर्षीया सेरेनाले २००८ को विम्बल्डनपछि पहिलो पटक कुनै पनि ग्राण्डस्लामको फाइनल खेल्दै गरेकी दिदी भेनसलाई ६-४ र ६-४ को सोझो सेटमा पराजित गरिन् ।

अमेरिकी दिदीबहिनी ८ वर्षपछि आमनेसामनो भएका थिए र यो ग्राण्डस्लाम फाइनलमा नवौं भिडन्त थियो । जसमध्ये सातमा सेरेनाले बाजी मारेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment