Comments Add Comment

मलेसियामा डुंगा दुर्घटना हुँदा ३१ पर्यटक वेपत्ता


१६ माघ, काठमाडौं । मलेसियामा ३१ पर्यटक सवार डुंगा वेपत्ता भएको छ । त्यसमा २८ चिनियाँ नागरिक समेत थिए ।

मौसम प्रतिकुल रहेको र उद्धारमा कठिनाइ भएको अधिकारीहरुले बताएका छन् ।

मलेसियाको पूर्वी क्षेत्र सवाहबाट छुटेलगत्तै डुंगा सम्पर्कविहीन भएको थियो ।

कोटा किनबालुबाट पलाउ जाँदै गरेको सो डुंगामा चिनियाँ नयाँ वर्ष मनाउने पर्यटकहरु थिए । पलाउ टापु प्रख्यात पर्यटकीय गन्तव्य हो ।

कोटा किनबालु र पलाउ क्षेत्रको चार सय नटिकल स्क्वायर माइलको क्षेत्रमा खोजी कार्य जारी राखिएको अधिकारीहरुले बताए ।

फोटो: मलेशियाई समुद्री प्रवर्तन एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment