Comments Add Comment

राहुल गान्धी र अखिलेश यादवको घोषणाः हामी गंगा-यमुना हौं

यूपी चुनावमा गान्धी-यादव परिवारका 'ग्ल्यामर' महिलाको चर्चा

१६ माघ, लखनउ । आफ्नै बाबुसँग बगावत (सम्बन्ध बिच्छेद) गरेका उत्तर प्रदेशका मुख्यमन्त्री एवम् समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले कांग्रेस आईका नेता राहुल गान्धीसँग दोस्तीको हात बढाएका छन् ।

आइतबार लखनउमा पत्रकार सम्मेलन र रोड शोमा सँगै देखिएका अखिलेश र राहुलले गंगा र यमुना नदी मिलेपछि उत्तर प्रदेशको राजनीति सफा हुने उदघोष गरे । उनीहरुले नभने पनि राहुल यमुना हुन् भने अखिलेश गंगा ।

पत्रकार सम्मेलनमा राहुल गान्धीले भने, ‘यो एक प्रकारले गंगा र यमुनाको मिलन आइरहेको छ । सम्बृद्धिकी सरस्वती यहिँबाट निस्कनेछिन् । मोदीजीका शव्दमा भनूँ त यो ‘तीन पी’ हो- प्रोग्रेस (प्रगति), प्रोस्पेरेटी (सम्बृद्धि) र पीस (शान्ति) ।’

गान्धी र अखिलेश दुवैले आफूहरु पहिलेदेखि नै व्यक्तिगत तवरमा असल साथी भए पनि राजनीतिक मित्रता बल्ल शुरु भएको प्रतिक्रिया दिएका छन् । भारतमा राहुल गान्धी तीन पुस्ते सम्भ्रान्त राजनीतिक घरानाका सदस्य हुन् भने अखिलेश पनि उत्तर प्रदेशको सम्भ्रान्त राजनीतिक घरानाका नयाँ सदस्य ।

फरक यति भयो कि अखिलेशले आफ्नै पिता मुलायमसिंह यादवसँग बगावत गरे । तर, राहुललाई उनकी आमा सोनिया गान्धी र दिदी प्रियंकाको बलियो साथ छ ।

उत्तर प्रदेशका बहालवाला मुख्यमन्त्री समेत रहेका अखिलेशले राहुल गान्धीसँग मिलेर काम गर्नु आफ्नो लागि उत्साहको कुरा रहेको बताए । पत्रकार सम्मेलनमा उनले भने, ‘हामी दुवै सहकर्मी हौं । उमेरमा पनि हामीबीच धेरै फरक छैन । विकासमा पनि हामी सहकर्मी हौं ।’

अखिलेशले यो गठबन्धनले ती मान्छेहरुलाई जवाफ दिनेछ,जसले पूरै देशलाई नोटबन्दीका नाममा संकटमा खडा गरिदिएका छन् ।

उनले कांग्रेस र समाजवादी पार्टीका चुनाव चिन्ह साइकल र हातलाई बिम्ब बनाउँदै भने, ‘साइकलको साथमा हात हो र हातमा साइकल होस,तब सोच्नुस कति तीब्र गतिमा चीज अघि बढ्ला ।’

भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशको चुनावी परिणामले भारतीय राजनीतिमा ठूलै खाले प्रभाव पार्ने भएकाले पनि सबैको ध्यान केन्द्रित छ । त्यहाँको सत्तारुढ समाजवादी पार्टीमा बाबु-छोराको विभाजनसँगै अझ रोचक भइरहेको छ ।

प्रियंका र डिम्पलको ग्ल्यामर राजनीति

यता राहुल गान्धी र अखिलेश यादवको व्यक्तिगत मित्रता राजनीतिक मित्रतामा बदलिएपछि एकाएक दुई ग्ल्यामर महिलाको चर्चा पनि चुलिएको छ । जसको ग्ल्यामरले उत्तर प्रदेशको चुनावी नतिजामा प्रभाव पार्न सक्ने आँकलनहरु भइरहेका छन् । यो गठबन्धन बनाउन राहुलकी दिदी प्रियंका गान्धी र अखिलेशकी पत्नी डिम्पल यादवको हात रहेको चर्चाले उत्तर प्रदेशको राजनीति तताएको छ ।

यसअघि नै लखनउका सडकमा पि्रयंका गान्धी र डिम्पल यादवका पोष्टर टाँस्न थालिसकिएको थियो । प्रियंका र डिम्पल दुवैको छबी ग्ल्यामरस छ र यसले उत्तर प्रदेशका युवालाई गठबन्धनको पक्षमा आकर्षित गर्न सक्नेछ भन्ने आँकलन भइरहेको छ ।

प्रियंका र डिम्पल दुवैको पढाई लेखाई आधुनिक स्कूल कलेजमा भएको र उनीहरु दुवैको जीबनशैली पनि हाइप्रोफाइल नै छ । उनीहरु दुवैमा सार्वजनिक र राजनीतिक जीवनमा आम मान्छेलाई आफूतिर आकर्षित गर्ने खुबी रहेको भारतीय सन्चार माध्यमहरुले बताएका छन् ।

समाजवादी पार्टी निकट पत्रिका सोशलिष्ट फ्याक्टरका सम्पादक फ्रैंक हजुरले भनेका छन्, ‘समाजवादी पार्टी र कांग्रेस गठबन्धनको प्रचारमा अखिलेश-राहुलको जति भूमिका हुन्छ त्योभन्दा बढी प्रियंका गान्धी र डिम्पल यादवको हुनेवाला छ ।’

प्रियंकालाई कांग्रेस नेतृत्वमा चाहने लाखौं शुभचिन्तक हुँदा पनि जसरी उनले भाइलाई अघि बढाउन आफ्नो राजनीतिक करिअर स्थगन गरिन्, त्यसैगरी डिम्पलले अखिलेशका लागि आफ्नो राजनीति असफल बनाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment