Comments Add Comment

प्रहरी प्रमुखले भने-प्रहरी अनुसन्धानमा दबाव र प्रभाव हुन भएन

१६ माघ, काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले दबाव र प्रभावमुक्त प्रहरी अनुसन्धान मात्र परिणाममुखी हुने बताएका छन् ।

प्रहरी अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको पहिलो सम्मेलनको समापन समारोहमा उनले नेपाल प्रहरीको विकल्प व्यवसायिक प्रहरी मात्र हुने बताए ।

गृहमन्त्री विमलेन्द्र निधि सहभागी कार्यक्रममा प्रहरी प्रमुख अर्यार्लले भने, ३० वर्षे प्रहरी जीवनको उत्तरार्धमा आइपुगेको छु । मेरो अनुभवले अनुसन्धानकर्ताले स्वतन्त्र रुपमा अनुसन्धान गर्न पाए मात्र अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन सकिन्छ ।’

दबाव र प्रभाव भयो भने प्रहरीको अनुसन्धानले सार्थकता पाउन नसक्ने उनले बताए । साथै उनले अभियोजनकर्ता र अनुसन्धानकर्ताको सम्वन्ध धेरै नजिक वा टाढा नभई व्यवसायिक मर्यादामा रहेर समन्वयन हुनु पर्ने बताए ।

महान्यायाधिवक्ता रमन श्रेष्ठले भने अनुसन्धान, अभियोजनकर्ता र न्यायाधीशको फैसलामा राजनीतिक दबाव देखिन थालेको बताए । यसले सरकारवादी मुद्धामा अनुसन्धान र अभियोजनकर्तासँगै राज्यले हार्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment