Comments Add Comment

सनराइज बैंकको इलाम शाखा स्थानान्तरण


१७ माघ, काठमाडौं । सनराइज बैंकले इलाम शाखालाई सोहि ठाउँको नयाँ स्थानमा स्थानान्तरण गरेकोे छ । इलाम शाखा कार्यालयको समुद्घाटन सोमबार एक कार्यक्रम बीच बैंकका नायव महाप्रबन्धक रविन नेपालको उपस्थितिमा इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी जनक राज दाहालले गरे । ।

बैंकले बैंकिङ्ग सेवाहरु छिटो र सुलभ सेवा ग्राहकहरू समक्ष पु¥याउने उद्देश्यले ग्राहकहरूलाई पायक पर्ने ठाँउमा उक्त शाखा स्थानान्तरण गरेको हो । नयाँ स्थानमा स्थानान्तरण सँगै उक्त शाखाबाट ग्राहकहरुलाई लकर सेवा समेत उपलब्ध गराइएको छ । बैंकले उक्त शाखामा २०७३ माघ १७ गते देखि फाल्गुण १७ गते सम्म लकर सेवाको वार्षिक भाडा दरमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

हाल सन्राइज बैंकका मुलुकभरे ६७ वटा शाखा र ७२ वटा एटिएमद्धारा सर्वसुलभ सेवाहरु प्रदान गर्दै आएको छ । साथै विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, चितवन मेडिकल कलेज नारायणघाट र मलेसिया भिएलएन उत्तरढोका काठमाडौंमा एक्स्टेन्सन काउन्टर तथा १३ वटा शाखारहित बैंकिङ सेवा संचालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment