Comments Add Comment

रुपन्देहीमाथि आर्मीको सहज जित

१८ माघ, झापा । विभागीय टोली त्रिभुवन आर्मी दोस्रो रमपम झापा गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ ।

रुपन्देही-११ लाई २-० गोल अन्तरले हराउँदै आर्मीले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीको जीतमा नवयुग श्रेष्ठ र भरत खवासले गोल गरे ।

राष्ट्रिय खेलाडीले भरिएको आर्मीले सुरुवातदेखि नै रुपन्देहीलाई दबावमा राखे पनि गोल गर्न भने दोस्रो हाफ पर्खनु परेको थियो । ६० औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई अग्रता दिलाए । विमल पाण्डेको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका थिए ।

दोस्रो हाफको ६८औं मिनेटमा कप्तान भरत खवासले आर्मीको आग्रता दोब्बर पारे । टेकबहादुर बुढाथोकीको लामो पासलाई सदुपयोग गर्दै उनले गोल गरेका थिए ।

खेलमा आर्मीले गोल गर्ने थुप्रै अवसर गुमाएको थियो । खेल अवधिभर रुपन्देहीका गोलरक्षक दिलिप क्षेत्री निकै व्यस्त देखिन्थे ।

खेलको म्यान अफ द म्याच आर्मीका नवयुग श्रेष्ठ घोषित भए । उनलाई ७ हजार रुपैयाँ प्रदान गरियो ।

बुधबारको खेल आयोजक रमपम झापा-११ र सुदुरपश्चिम फुटबल क्लबबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment