Comments Add Comment

२ दिनमै ८० अंक बढ्यो नेप्से, कम्पनी छनौटमा देखिए लगानीकर्ता


१९ माघ, काठमाडौं । केही दिनमै ‘नोज डाइभ फल’ अर्थात् नाक थेप्चिने गरेर घटेको नेप्से परिसुचकमा दुई दिनमै ८० अंकको वृद्धि भएको छ । बजार वृद्धि हुन केही पक्षले काम गरेकोपनि देखिन्छ ।

यस दिन सिद्धार्थ बैंकले घोषणा गरेको ३९ प्रतिशत लाभांश प्राप्त गर्न सक्ने अन्तिम दिन भएकोले पनि यो बैंकको सबैभन्दा धेरै ८ करोड रुपैयाँको कारोबार भएको छ । केही दिनअघिसम्म यही लाभांशको लागि १/२ सय बढि मुल्य तिर्नुपर्ने अवस्था रहेकोमा लाभांश प्राप्त गर्नसकिने अन्तिम दिन केही सस्तोमा सेयर पाइने भएपछि लगानीकर्ताको आकर्षण बढेको ब्रोकर अन्जरराज पौड्यालले बताए ।

यता, बुक क्लोज हुन बाँकी र यो मिति घोषणा नभएकोले लाभांश प्राप्त गर्ने अवस्था रहेका नेपाल एसबीआई, बैंक अफ काठमाडौं, एभरेष्ट बैंकमा पनि लगानीकर्ताको आकर्षण देखिएको छ । नियमित कारोबारीहरु बजार घट्दा कम मूल्यका र दिर्घकालमा समेत फाइदा हुने सेयर खरिददारीमा लागेका छन् । एफपीओ लगायतका फ्रिज भएको रकम लगानीकर्ताले केही दिनमा नै फिर्ता पाउँने आशमा पनि सेयरहरु छानेर लगानी गर्न थालेका छन् । त्यस्तै, बजारमा अनलाईन टेड्रिङको सुविधा चाँडै शुरु हुन लागेको खबर प्रसारित भएपछि पनि बजारमा सकारात्मक प्रभाव परेको हो

बजारमा उतारचढाव स्वभाविक भएपनि एकोहोरो वृद्धि भने सकारात्मक हुन नसक्ने बजार विश्लेषकहरु बताउँछन् । बजारले केही समय थोरै अंकको उतारचढावमा रहेर स्थायित्व पाएको भए राम्रो हुन सक्ने पनी उनीहरु बताउँछन् । यद्यपी अहिले बजारको स्पष्ट दिशा भने नदेखिएको उनीहरुको भनाई छ । लगानीकर्ताहरुले कम मूल्यका राम्रा कम्पनीमा लगानी गर्न सक्ने र सेयर होल्ड गर्न सक्ने क्षमता रहेमा भने बिक्री नगरि होल्ड गर्नुपर्ने अवस्था रहेको उनीहरुको सुझाव छ । यस दिन सबै समूहको परिसूचक बढेको छ भने ६० करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबार रकमका आधारमा मुख्य १० कम्पनी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment