Comments Add Comment

आमाको शव बोकेर ३२ किलोमिटर बरफमा पैदल हिँडे सैनिक


२२ माघ, काठमाडौं । भारतीय सेनाका एक जवान मोहम्मद अब्बास आफ्नी आमाको शव लिएर १० फुट बर्फमा ३२ किलोमिटर पैदल हिँडेका छन् ।  २९ जनवरीमा सकीना बेगमको पठानकोटमा हृदयघातका कारण निधन भएको थियो ।

अब्बास पठानकोटमा भारतीय सेनामा तैनाथ थिए । र, आमा र भाइसँगै बस्दै आएका थिए ।

अघिल्लो दिन अब्बास आफ्नो आमाको शव लिएर कुपवाडा जिल्लाको चौकीबालमा पैतृक गाउँ करनाहका लागि हिडेका थिए । तर, भारी हिमपातका कारण बाँकी दुनियाँसँग सम्पर्क टुटेको छ ।

अब्बासले श्रीनगर पुगेपछि सरकारी हेलिकोप्टर घन्टौं प्रतिक्षा गरे । तर, खराब मौसमका कारण सबै फसे ।

अन्तिममा उनले आफ्ना भाइसँग मिलेर आमाको शव बोकेर श्रीनगरबाट पैदल हिडे ।

श्रीनगरबाट उनको गाउँ १२० किलोमिटर टाढा छ । अब्बासले हार मानेनन् र ३२ किलोमिटर दुबै भाइले आमाको शव बोकेर १० फुटसम्म बर्फमा यात्रा गरे ।

पछि उनका गाउँलेले सहयोग गरे र, अब्बासले आमाको शव घरमा पुर्‍याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment