Comments Add Comment

विचित्रको रेष्टुरेन्ट, जहाँ प्लेटमा होइन आइप्याडमा पस्किइन्छ खाना


खानेकुरा प्लेटमा पो पस्किएर खाइन्छ । तर अमेरिकाको एउटा रेष्टुरेनटले भने प्लेटमा होइन आइप्याडमा खाना पस्किएर पाहुनालाई खुवाउँछ ।

सनफ्रान्सिस्कोस्थित एक रेष्टुरेन्ट आइप्याडमा खाना पस्केर खुवाउने रेष्टुरेन्टको नाम क्विन्स हो । यद्यपि रेष्टुरेन्टमा सबै खानेकुरा आइप्याडमा पस्किने होइन, एउटा विशेष डिशका लागि आइप्याडलाई प्लेटको रुपमा प्रयोग गरिन्छ ।

 

आइप्याडमा पस्केर दिने उक्त खानेकुराको नाम हो अ डग इन सर्च अफ गोल्ड । यो खाना पस्किने बेला आइप्याडमा एउटा भिडियो चलाइएको हुन्छ । भिडियोमा उक्त कुकुरले च्याउ खोजिरहेको हुन्छ ।

यो विशेष डिश पस्किनका लागि रेष्टुरेन्टमा २० वटा आइप्याड छन् । आइप्याडमा पस्किने उक्त खानेकुराको मूल्य २ सय डलर तोकिएको छ । आइप्याडलाई एक विशेष प्रकारको बक्समा राखिएको हुन्छ, ता की खाना र आइप्याड एक अर्कामा नछोइयून् ।

स्मरण रहोस् आइप्याडमा खाना पस्किने यो दुनियाको एक्लो रेष्टुरेन्ट होइन । बेलायतमा पनि एउटा यस्तै रेष्टुरेन्ट छ । उसले त झन् आइप्याडको स्त्रिmनमै खानेकुरा पस्किएको हुन्छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment