Comments Add Comment

दोलखामा ४.४ रिक्टरको परकम्प

२२ माघ, काठमाडौं । उत्तरी दोलखालाई केन्द्रबिन्दु बनाएर परकम्प गएको छ ।

साँझ ५ बजेर ५८ मिनेट जाँदा ४.४ रिक्टरको परकम्प गएको खानी तथा भू–गर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

दोलखाको भिमेश्वरदेखि करिब आठ किलोमिटर उत्तरको सुन्द्रावती र लपिलाङको आसपास केन्द्र भएर परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

झन्डै दुई महिनाको अन्तरालपछि पुनःपरकम्प गएको हो । यसअघि मङ्सिर १३ गते गोरखामा ४.१ रिक्टरको परकम्प गएको थियो ।

गत २०७२ वैशाख १२ को ७.६ रिक्टरको गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ४७६ परकम्प गएको केन्द्रले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment