Comments Add Comment

निम्सलाई दोहोरो उपाधि

२३ माघ, काठमाडौं । आयोजक निम्सले छैटौं जितेन ठकुरी स्मृति अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा दोहोरो उपाधि जितेको छ । निम्स सिनियर ब्वाइज र गर्ल्स दुवैमा च्याम्पियन बन्यो ।

टोखास्थित घरेलु कोर्टमा भएको ब्वाइज फाइनलमा निम्सले द स्काइलार्क स्कुललाई ५५-५१ ले पराजित गर्‍यो । निम्सको जितमा नम सुनारले १५ अंक योगदान गरे ।

तेश्रो क्वाटरको समाप्तिसम्म निम्स ३१-३४ ले पछि थियो । चौथो तथा अन्तिम क्वाटरमा १४-७ को अग्रता बनाउदै निम्सले उपाधि सुनिश्चित गरेको थियो । पहिलो क्वाटरमा १४-१७ ले पछि परेको निम्स दोश्रोमा १८-९ ले अगाडि रह्यो । तेश्रो क्वाटरमा पनि निम्स ९-१८ ले पछि परेको पर्‍यो ।

गर्ल्सको उपाधि भिडन्तमा निम्सले द चाँदबाग स्कुललाई ३२-२४ ले हरायो । निम्सकी मुना बस्नेतले १२ अंक जोडिन् ।

पहिलो क्वाटरमा दुवै टिमले १०-१० को बराबरी खेले । दोश्रोमा निम्सले ९-२ को अग्रता हासिल गर्‍यो भने तेश्रोमा ६-१० ले पछि पर्‍यो । चौथो क्वाटरमा निम्स ७-२ ले अगाडि रहँदै उपाधि हात पार्न सफल भयो ।

ब्वाइजमा सञ्जय नेपाली तथा गल्र्समा मुना बस्नेत ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवै उपाधि विजेता निम्सका हुन् ।

विजेतालाई निम्सकी प्रमुख कार्यकारी अधिकृत निकोल ठकुरी, बास्केटबल प्रमुख प्रशिक्षक दिनेशचन्द्र नकर्मी र निम्सका प्रिन्सिपल ज्ञानेन्द्र कार्कीले एक कार्यक्रमबीच पुरस्कृत गरे । आठदिने प्रतियोगिताको ब्वाइज र गर्ल्समा समान १२-१२ टिम गरी जम्मा २४ टिम सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment