Comments Add Comment

कमल सिंह झाँक्रीको ‘ए पूर्वेली नानी’

काठमाडौं । लोक दोहोरी गायनमा सक्रिय कमल सिंह झाँक्री मगरको नयाँ गीत ए पूर्वली नानी सार्वजनिक भएको छ । कमल र कृष्ण परियारको स्वर रहेको यस गीतमा पार्वती राई र दिपक बिसिले मोडलिङ गरेका छन् ।

लोक गीत सुनेर मनोरञ्जन लिने दर्शक स्रोताका लागि यो गीत कर्णप्रिय लाग्न सक्छ । रक्षा म्युजिकले बजारमा ल्याएको यस भिडियोको बिक्रम चौहानले निर्देशन गरेका छन् । गाउँघरमा चलन चल्तीमा रहेका भाकालाई स्थान दिइएको यस गीतको लय शब्द र लय संकलक कमल सिंह झाँक्री मगर रहेका छन् ।

‘लोक दोहोरी सुनेर रमाउने दर्शकलाई सन्तुष्ट बनाउने प्रयाश गरेका छौं’ कमल सिंहले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment