Comments Add Comment

बामपन्थी र दरबारिया शक्तिका कारण मुलुकको यो दुर्दशा भो– रामचन्द्र पौडेल

'चुनाव हार्दैमा केही हुँदैन, चुनाव हारे फेरि जितिन्छ'

१ फागुन, बार्सिलोनानेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दरबारिया शक्तिहरु र बामपन्थीहरुले गर्दा मुलुकले दुर्दशा भोगेको आरोप लगाएका छन्। नेता पौडेलले दरबारियाहरुले लोकतन्त्रलाई विदेशीको व्यवस्था भन्ने र वामपन्थीहरुले शोषकहरुको व्यवस्था भन्दै अलमलमा पारेर मुलुकले यस्तो दुर्दशा भोग्नुपरेको बताएका हुन् ।

नेपाली जनसम्पर्क समिति डेनमार्कको चौथो अधिवेशनलाई कोपेनहेगनमा सम्बोधन गर्दै नेता पौडेलले भने, ‘यी दुई तत्वहरुले गर्दा नै मुलुकले प्रगति  गर्न पाएन,  हामीले २००७ सालमा नै परिवर्तन ल्यायौं, तर लोकतान्त्रिक बाटोमा अघि बढ्न नसक्ने यिनै शक्तिहरु दायाँ र वाँया देखा परे, यसैले देश आजसम्म पनि अन्योलमा छ।

७० वर्ष पहिले बहुदलीय, संसदीय, लोकतान्त्रिक प्रणालीलाई निन्दा र भत्सर्ना गर्नेहरुले नै आज संविधानमा हस्ताक्षर गरेको भन्दै नेता पौडेलले मुलुकको दुर्दशाको जिम्मेबारी पनि उनीहरु नै लिनुपर्ने बताए। उनले भने,  ‘यही कुरालाई हिजो स्वीकार गरिदिएको भए आज मुलुक धेरै नै अगाडि बढिसक्ने थियो।’

नेपाली कांग्रेसको नेतृत्वमा मुलुकमा नयाँ संविधान जारी भएको भन्दै अब यसलाई कार्यान्वयन गर्न पनि कांग्रेस नै अग्रसर हुनुपर्ने बताए। संविधान कार्यान्वय गर्न आउँदो मंसिरभित्रै स्थानीय, प्रदेश र संसदको गरी तीनवटा चुनाव सम्पन्न गर्नुपर्ने छ, तर चुनावलाई टार्ने षड़यन्त्र भइरहेका छन्, यसको बिरुद्द हामीले खबरदारी पनि गरिरहेका छौं,पौडेलले भने।

चुनाव हार्दैमा केही हुँदैन, चुनाव हारे फेरि जितिन्छ पनि । कतिपटक मैले शेरबहादुरजीलाई जितेको थिएँ, तर उहाँले नै मलाई हराउनुभयो ।

उनले कांग्रेसलाई एकतावद्द बनाएर षड़यन्त्रका बिरुद्द लड्न पार्टी सभापतिलाई आफूले अनुरोध समेत गरेको बताए। पौडेलले भने– ‘राष्ट्र, लोकतन्त्र र पार्टीका लागि जहिले पनि आफूलाई नै जोखिममा राख्ने गरेको छु, तर देश र पार्टीलाई जोखिममा राखेर आफूलाई फाइदा लिने कहिल्यै कोशिस गरिनँ।

पछिल्लो अवस्थामा कांग्रेसका नाममा गैरकांग्रेसी आचारणका कारण पार्टीले ठूलो नोक्सानी ब्यहोरेको पनि उनले उल्लेख गरे।

नेता पौडेलले राजनीति गर्नेले आर्दश र निष्ठाको राजनीतिलाई बचाउनुपर्नेमा जोड दिए।

नेपाली जनसम्पर्क समिति डेनमार्कमा नयाँ नेतृत्वका लागि भएको चुनावप्रति संकेत गर्दै पौडेलले चुनाव हार्ने र जित्नेहरु सधै हातेमालो गरेर हिँड्नुपर्ने  बताए। उनले भने, ‘चुनाव हार्दैमा केही हुँदैन, चुनाव हारे फेरि जितिन्छ पनि । कतिपटक मैले शेरबहादुरजीलाई जितेको थिएँ, तर उहाँले नै मलाई हराउनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment