Comments Add Comment

टीकाटालो गर्ने तयारीमा रहेकी युवतीको सामुहिक बलात्कार

१ फागुन, भैरहवा । कपिलवस्तु पकडी क्षेत्रमा एक युवतीको सामुहिक बलात्कार भएको छ ।

पीडित युवतीको भोलि सोमबार टीकाटालो गर्ने तय भएको थियो । तर, सामुहिक बलात्कारको शिकार भएकी छन् र, यसको भिडियो लिक गराएका छन् ।

पकडी क्षेत्रका ६ जना युवाले गत बिहीबार साँझ पकडी २ की १७ वर्षीया रिता (नाम परिवर्तन)लाई खेतमा बलात्कार गरेको घटना आइतबार बाहिर आएको छ ।

साथै युवाहरुले जबरजस्ती करणी गरिरहेको अवस्थाको भिडियो छायाँकन गरी इन्टरनेटमा अपलोड गरेको पाइएको प्रहरीले जनाएको छ ।

लुम्बिनी अञ्चलका एसएसपी दिपक थापाले घटनामा संग्लन मध्ये दुई जना युवालाई पक्राउ गरी जबरजस्ती करण मुद्दा अन्र्तगत घटनाको अनुसन्धान भइरहेको बताए ।

आरोपित ६ जना युवा मध्ये पकडी क्षेत्रका राहत हुसैन र अब्दुल रसिद पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसन्धान अधिकृत एवं प्रहरी निरीक्षक केशव ज्ञवालीले अनलाइनखबरलाई बताए । ४ जना युवा फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार पीडित युवतीको विवाहको तयारी भइरहेको थियो र भोलि सोमबार टीकोटालो गर्ने तय भइसकेको थियो । घटनापछि परिवार तनावमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment