+
+
Shares

चार नेतामाथि गरिएको कारबाही फिर्ता लिने एमालेको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ३० गते ११:२४

३० वैशाख, काठमाडौं । नेकपा एमालेले चार नेतामाथि गरेको कारबाही फिर्ता लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको हो ।

पार्टी एकतालाई ध्यानमा राखेर यो निर्णय लिइएको स्थायी कमिटी सदस्य विष्णु रिमालले जानकारी दिएका छन् ।

पुनस्थापित एमालेका अध्यक्ष केपी शर्मा ओलीले २८ फागुनमा आफ्ना पक्षका नेताहरुको मात्र बैठक राखेर विधान संशोधन गर्ने, केन्द्रीय सदस्यहरु थप्ने र माधव नेपाल समूहका नेताहरुको जिम्मेवारी खोस्ने निर्णय गरेपछि नेपाल समूहले वैशाख ४/५ मा राष्ट्रिय कार्यकर्ता भेला बोलाएको थियो । भेलाका लागि अगुवाइ गरेको भन्दै ७ चैतमा बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकले चार नेतालाई स्पष्टीकरण सोधेको थियो । नेताहरुले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै उनीहरुलाई ६ महिना पार्टी सदस्यबाटै निलम्बन गरेको थियो ।

कारबाही फुकुवाको निर्णय गर्नुअघि एमाले महासचिव विष्णु पौडेलले नेता नेपालसँग छलफल गरेका थिए । कारबाही फुकुवापछि अध्यक्ष केपी शर्मा ओली र माधव नेपालबीच टेलिफोन वार्ता भएको थियो । ओलीले फोन गरेर भेट्न प्रस्ताव गरेको नेता सुवास नेम्वाङले जानकारी दिए ।

आवश्यक निर्णय लिने अधिकार अध्यक्ष ओलीलाई 

प्रधानमन्त्री केपी शर्मा ओलीले गत सोमबार संसदमा विश्वासको मत लिने बेला नेपाल पक्षका सांसदसहरु अनुपस्थित भएर असहयोग गरेपछि ओली पक्षले थप कारबाही गर्ने विश्लेषण हुँदै आएको थियो ।

एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले पनि पार्टी एकताको रक्षाका लागि विगतका सबै कुराहरु बिर्सिएर अगाडि बढ्ने निर्णय भएको र  नेपाल, रावल, भुसाल र पाण्डेमाथिको कारबाही फुकुवा गरिएको जानकारी दिए ।

कारबाही फुकुवाको निर्णयलाई नेपाल पक्षका नेता योगेश भट्टराईले सकारात्मक रुपमा लिइएको प्रतिक्रिया दिएका छन् ।

एमाले बैठकले पार्टीभित्र र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई प्रत्यायोजनसमेत गरेको छ ।

बैठकले कोरोनाविरुद्धको लडाइँमा राज्यको सम्पूर्ण शक्ति परिचालित गर्न र मित्र राष्ट्रहरुबाट आवश्यक सहायता जुटाउन थप कूटनीतिक पहल गर्न सरकारलाई सुझावसमेत दिएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?