Comments Add Comment

बिध ल्याबले गर्यो टेकु अस्पताललाई एक्सट्रयाक्सन किट सहयोग

परीक्षण सुरु हुने

२९ वैशाख, काठमाडौं । एक्सट्रयाक्सन किट सकिएर पीसीआर परीक्षण बन्द गरेको टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई निजी क्षेत्रबाट सञ्चालित विध ल्याबले दुई हजार २४ थान एक्सट्रयाक्सन किट सहयोग गरेको छ ।

पीसीआर परीक्षणको लागि आवश्यक पर्ने सो किट अभावका कारण आइतबारसम्म पीसीआर रोक्ने निर्णयमा पुगेको टेकु अस्पतालमा उक्त एक्सट्याक्सनल किट सहयोग भएसँगै बिहीबारदेखि पुन: पीसीआर परीक्षण सेवा सञ्चालनमा आएको छ ।

किटको अभावमा अस्पतालले पीसीआर परीक्षण स्थगित गरेपछि ल्याबले बुधबार सहयोग उपलब्ध गराएको र यसले अवरुद्ध परीक्षण सुचारु गर्न सहयोग पुग्ने अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जानकारी दिए ।

ल्याबका सञ्चालक भीम भण्डारीले नेपालको एकमात्र सरकारी अस्पताल र त्यसमा पनि गरिब र विपन्नहरूको सहाराको रूपमा रहेको सो अस्पतालमा सेवा अवरुद्ध हुँदा यसले नराम्रो असर पार्ने भन्दै आफूहरूले उक्त किट सहयोग गरेको जानकारी दिए ।

‘उहाँहरूले एक्सट्याक्सनल किट आइतबारसम्म आइपुग्ने भएकोले त्यतिबेलासम्म सेवा बन्द गरेको भन्नुभयो । हामीले पनि आफूसँग रहेको किट सहयोग गरेर आइतबारभन्दा अगाडि नै सेवा सञ्चालन होस् भनेर सहयोग गरेका हौं । अब टेकु अस्पतालमा दैनिक ७०० जनासम्मले नियमित पीसीआर परीक्षण गर्न पाउने भएका छन् । भण्डारीले भने ।

निजी क्षेत्रबाट सञ्चालित यो ल्याबले कोरोना महामारीको पहिलो लहरदेखि नै सरकारलाई विभिन्न विधामा सहयोग गर्दै आइरहेको छ । पहिलो लहरमा सरकारले ५५०० रुपैयाँसम्म पीसीआर शुल्क लिन सक्ने भनेर तोकेको बेलामा ४००० रुपैयाँमा पीसीआर गर्नेदेखि पछि यसको शुल्क घटाउन आफैँले लविइङ समेत गरेको सञ्चालक भण्डारी बताउँछन् ।

ल्याबकी इन्चार्ज डा. बिनिता थापाका अनुसार महामारीको बेलामा सरकारसँग मिलेर अघि बढ्न किट सहयोग गरिएको हो । कोभिडको दोस्रो लहर सुरु भएपछि बढ्दै गएको संक्रमण नियन्त्रणका लागि परीक्षण आवश्यक भएको भन्दै ल्याबकी इन्चार्ज थापाले आफूहरु सरकारसँग हातेमालो गरेर अघि बढ्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment