Comments Add Comment

बैंकर भन्छन् राजनीतिक दलले थुपारे पैसा


३ फागुन, काठमाडौं । बैंकर अनिल केशरी शाहले नेपाली बैंकहरुमा अहिले कर्जा लगानी योग्य पुँजी अभाव हुँनुमा भारतीय नोटबन्दीको असरदेखि राजनीतिक दलको चुनाव तयारीसम्म भएको बताएका छन् ।

भारतीय नोटबन्दीको कारण अहिले भारततर्फको २ किलोमिटरसम्म पनि नेपाली रुपैयाँ चल्न थालेकोले पनि बैंकहरुमा निक्षेप बढ्न नसकेको शाह बताउँछन् । उनले सीमा क्षेत्रका भारतीय व्यापारीले नेपाली रुपैयाँ समेत स्वीकार गर्न थालेकोले पनि त्यहा केही पुँजी होल्ड भएको तर्क गरे ।

‘स्थानिय निकायको निर्वाचन आजै होला भोली नै हाला भन्ने तयारीमा वहा (नेता)हरु बस्नु भएको छ, बरु निर्वाचन भयो भने पनि केही पुँजी बजारमा आउने थियो,’ शाहले संकेतिक रुपमा दलहरुले पुँजी जम्मा गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment