Comments Add Comment

‘पर्सामा रगत अभाव छैन’

१८ चैत, वीरगञ्ज । बार र पर्सामा आएको आँधीहुरीका कारण घाइते भएकाहरुको उपचारमा रगत अभाव नहुने रक्त सञ्चार केन्द्रका वीरगञ्जका कर्मचारीले बताएका छन् । रक्तसञ्चार केन्द्र वीरगञ्जका इन्चार्ज सौरभराज पाण्डेका अनुसार वीरगन्ज ब्लड बैंकमा अझै विभिन्न रक्त समूहका तीन सय-चार सय पिन्ट रगत उपलब्ध छ । त्यसैले रगत अभाव नहुने उनको भनाइ छ ।

यसअघि घाइतेको उपचारमा रगत अभाव भएको समाचारहरु सार्वजनिक भएका थिए । रगत अभावको खबर फैलिएलगत्तै बिभिन्न संस्थाले आकस्मिक रक्तदानका कार्यक्रम गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी पर्साले आयोजना गरेको कार्यक्रममा मन्त्री जितेन्द्र सोनललेसमेत रक्तदान गरेका छन् । बारा र पर्साका घाइतेको उपचारमा सहयोग गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा समेत रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment