+
+
Shares

राहत र उद्धारलाई प्रभावकारी बनाउन सभामुखले गराए सरकारको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १८ गते १२:०६

१८ चैत, काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले बारा र पर्सामा आएको आँधी-हुरीमा परेकाहरुको उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार साँझ आएको आँधी-हुरी, असिना पानीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सभामुख महराले घाइतेको उपचारमा कुनै कमी हुन नदिने सरकारलाई अनुरोध गरेका छन् ।

साथै राहतको कार्यक्रम प्रभावकारी र व्यबस्थितरुपमा अघि बढाउन सभामुख महराले सरकार र सरोकारवाला निकायहरुको ध्यानाकर्षण गरेका छन् ।

आँधी-हुरीका कारण बारा र पर्सामा ३१ जनाको मृत्यु भइसकेको छ । पाँच सय भन्दा बढी घाइते छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?