+
+
Shares

हावाहुरी प्रभावितको उद्दारका लागि हेलिकोप्टर तयारी अवस्थामा

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १७ गते २३:०८

१७ चैत, काठमाडौं । हावाहुरीले बारासहितका जिल्लामा ठूलो क्षति भएपछि सरकार उद्दारमा जुटेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्दारमा जुट्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । सत्तारुढ नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीसँग उद्दारमा संलग्न हुन पार्टीपंत्तिलाई पनि आह्वान गरेका छन् ।

उनका अनुसार काठमाडौंको एयरबेसमा नाइट भिजन हेलिकोप्टर तयारी अवस्थामा राखिएको छ । भोलि विहानबाट आवश्यक उद्दार र राहतका लागि हेलिकोप्टर तयारी अवस्थामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?