Comments Add Comment

करणको भ्यालेन्टाइन पार्टीमा ओसारियो तीन ट्रक खाना

बलिउड निर्देशक करण जौहरलाई पार्टी आयोजना गर्न कुनै अवसर चाहिँदैन । हरेक हप्ता उनी कुनै न कुनै बहानामा आफू निकटका व्यक्तिहरुलाई बोलाएर पार्टी दिइरहन्छन् ।

यस्तोमा झन् भ्यालेन्टाइन डेको दिन उनले पार्टी नदिने त कुरै भएन । उनले बान्द्रास्थित आफ्नो घरमा शानदार भ्यालेन्टाइन्स डे पार्टी राखे । त्यसमा करिब १५० बलिउडकर्मी आमन्त्रित थिए ।

पार्टीमा आएका पाहुनाहरुका लागि करणले एउटा फाइभ स्टार होटलबाट तीन ट्रक खाना मगाएका रहेछन् । पछि अपुग होला कि भनेर उनले यति धेरै खाना मगाएका थिए । तर धेरै खाना उबि्रयो ।

सो पार्टीमा अदिति राव हैदरी, शमिता शेट्टी, सारा अली खान, सोनाक्षी सिन्हा, सुशांत सिंह राजपूत, ज्याकलिन फर्नान्डीसदेखि लिएर आदित्य रायसम्म पुगेका थिए । उनीहरुको खातिरदारीमा करणले कुनै कसर बाँकी राखेनन् । रातको १२ बजे सुरु भएको पार्टी बिहानसम्म चलेको थियो । -एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment