Comments Add Comment

डीआईजी नवराज सिलवालविरुद्ध परेको रिट खारेज

४ फागुन, काठमाडौं । सर्वोच्च अदालतले डीआईजी नवराज सिलवालविरुद्ध परेको रिट खारेज गरेको छ ।

बैंकिङ कसुरको आरोपमा भीमफेदी जेलमा रहेका गुनबहादुर थापाका छोरा सागरले सिलवालविरुद्ध रिट दायर गरेका थिए । रिटमा प्रारम्भीक सुनुवाई गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले बुधबार रिट खारेज गरेको हो ।

सागरले भने सिलवाल मिटरब्याजी भएको र उनले आफ्नो मातहतका कर्मचारी प्रयोग गरेर आफ्ना बाबुलाई बैंकिङ कसुरको मुद्धामा थुनामा राखेको आरोप लगाएका थिए । साथै आफू र आफ्नो परिवारलाई धम्की, यातना र धरपकड नगर्न नगराउन अन्तरिम आदेश माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment