Comments Add Comment

एभरेष्ट बैंकलाई आस्वा सदस्यता, सम्पूर्ण शाखाबाट सेवा लिन सकिने


५ फागुन, काठमाडौं । एभरेष्ट बैंकलाई नेपाल धितोपत्र बोर्डले धितोपत्र खरिदसम्बन्धी निर्देशिका २०७३ बमोजिम आस्वा सदस्यता प्रदान गरेको छ ।

यस प्रणालीबाट शेयर कारोबार गर्दा लगानी गरेको रकम लगानीकर्ताको खातामा नै रोक्का हुन्छ भने सेयर बाँडफाँड पश्चात् खाताबाट आवश्यक रकम कट्टा गरी बाँकी रकम खातामा फुकुवा गरिन्छ ।

बैंकले आस्वा सदस्यताअनुसार आफ्ना ग्राहकहरुलाई आफ्नो सम्पूर्ण शाखाहरुबाट सेवा प्रदान गर्ने छ । उक्त सेवा उपलब्ध गराएबापत बैंकले प्रतिदरखास्त सय रुपैयाँ शुल्क लिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment